२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

डेन्टलको दरवन्दी थप तथा प्रमाणपत्र तहको तह ५/६/७ कायम गरिदिन डेन्टल साइन्स हाइजेनिस्टको माग

काठमाडौं- डेन्टलको दरवन्दी थप तथा प्रमाणपत्र तहको तह ५/६/७ कायम गरिदिन माग गर्दै डेन्टल हाइजेनिस्टले स्वास्थ्य मन्त्रालयसँग माग गरेका छन्। मन्त्रालयका सचिव डा विकास देवकोटालाई पत्र बुझाउँदै उक्त माग गरेका हुन्। 

भनिएको छ, ‘नेपालको ऐन कानुन र स्वास्थ्य सेवा ऐनले दिएको अधिकारलाई कुन्ठित गर्ने र दन्त स्वास्थ्य सेवामा सेवा प्रवाह गर्ने हेतुले नेपाल सरकार स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले डेन्टल साईन्स डेन्टल हाईजेनिस्टको न्युनतम योग्यता प्रमाणपत्र तह उल्लेख गरी पाचौँ तहबाट सेवा प्रवेश नगरी चौथो तहवाट सेवा प्रवेश गराउने कार्यप्रति गम्भिर ध्यानआकर्षण भएको छ,’ पत्रमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रमा अन्य स्टाफ नर्स ,हेल्थ असिस्टेन्ट,ल्याब टेक्निसिएनहरुको प्रमाणपत्र तहको पाँचौ तहवाट प्रवेश हुने तर डेन्टलको हकमा प्रमाणपत्र तहको चौथो तहवाट हुनुले हामी मर्माहित भएका छौं।

 एसोसिएसनले लामो समय २०७४ साल देखि निरन्तर यस विषयमा पत्रचार र डेलिगेसन गरेको र २०७८ मा सचिवस्तरिय निर्णय गरी अन्य मन्त्रालयलाई पत्रचार गरेको र हालसम्म अनुसूची परिवर्तन नभएको कुरा समेत उल्लेख छ। यस्तो छ माग :

 

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट