२०८२ असार २७ शुक्रबार
LATEST NEWS
२०८२ असार २७ शुक्रबार

आईटीयूको अन्तर्राष्ट्रिय रोबोट प्रतिस्पर्धामा दोस्रो र तेस्रो दुवै उपाधि नेपाली विद्यार्थीलाई

काठमाडौँ । ‘जुनियर रोबोटिक्स फर गुड युथ च्यालेन्ज २०२५’ मा नेपाली टोली ‘टिम गौतम बुद्ध’ले दोस्रो स्थान हात पारेको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को आयोजनामा स्विजरल्यान्डको जेनेभामा सो प्रतिस्पर्धामा भएको थियो । विभिन्न २५ राष्ट्रका ५०० बढी टोली सहभागी प्रतिस्पर्धामा नेपाली जुनियर टोली दोस्रो भएको हो । 

नेपाली टोलीलाई पाँच अङ्कले पछि पार्दै टिम भेनेजुएला प्रथम बनेको छ । ९ र १० जुलाईमा आयोजना भएको प्रतिस्पर्धामा नेपालको सिनियर टोली ‘टिम सगरमाथा’ तेस्रो भएको छ । 

‘टिम गौतम बुद्ध’ मा आरव गौतम, परिधि श्रेष्ठ, अनुपम भुजेल र ऋद्धि मानन्धर सहभागी भएका थिए । उनीहरूलाई ऋषभ राज र किरण खत्रीले मोन्टरशिप दिएका थिए ।  यस्तै, ‘टिम सगरमाथा’मा सन्तोष थापा मगरको मनिटरिङमा प्रभिन श्रेष्ठ, सम्पना केसी र श्रेयश आचार्य रहेका थिए । 

प्रतियोगितामा जित निकालेपछि टोली आज स्विजरल्यान्डबाट स्वदेश फर्किँदैछ । उनीहरू दिउँसो तीन बजे तिर नेपालमा आइपुग्ने बताइएको छ । रोबोटिक एसोसिएसन अफ नेपालका सचिव ओमकार जैसवालले नेपाली टोलीहरूले सोचे अनुसारको प्रदर्शन गर्न सफल भएको बताए । 

उनका अनुसार उक्त प्रतियोगिताका लागि र्‍यानले गत पुसदेखि नै विभिन्न जिल्लाका विद्यालयहरूमा प्रतिस्पर्धा गराएर टोली निर्माणको काम सुरु गरेको थियो । १५ भन्दा बढी प्रतिस्पर्धाबाट विजेतालाई छनोट गरी राष्ट्रिय स्तरको प्रतिस्पर्धा गराइएको थियो । 

त्यसपछि राष्ट्रिय स्तरका विजेता टोलीहरू मध्येबाट पनि उत्कृष्ट विद्यार्थीहरू छनोट गरेर र्‍यानले एक महिना लामो विशेष प्रशिक्षण दिएको थियो । जैसवालले भने, “कम्तीमा एउटा उपाधि जित्ने अपेक्षासहित प्रतिस्पर्धामा सहभागी भएका थियौँ । अहिलेको नतिजाले हामीलाई उत्साहित बनाएको छ ।”

यो सफलतासँगै र्‍यानले आईटीयूसँग मिलेर आगामी वर्ष पनि ‘एआई फर गुड’ कार्यक्रमलाई निरन्तरता दिएर राष्ट्रिय स्तरको प्रतिस्पर्धालाई निरन्तरता दिने योजना बनाएको छ । यसका लागि दुई पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको उनले बताए । 

यस्तै कुनै पनि स्थानमा भएका प्रतिभा नछुटुन् भनेर आगामी वर्ष सातै प्रदेशमा कार्यक्रम विस्तार गर्ने योजना समेत र्‍यानले बनाएको छ । बिजेता विद्यार्थीहरू नेपाल फर्किएपछि विद्यार्थीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न चासो देखाएको उनले बताए । 

यस्तै, टोली नेपाल आइपुग्ने बित्तिकै सम्मानमा विद्यालय र स्थानीय तह मिलेर विजय र्‍याली निकाल्ने तयारी पनि गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २७, २०८२ १३:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट