२०८२ असार २६ बिहीबार
LATEST NEWS
२०८२ असार २६ बिहीबार

६ ईभी सँगै चार्ज गर्न मिल्ने सुविधासहितको सी-कार सुरु, बीमा गराउँदा ब्लुबुक नवीकरण निःशुल्क

काठमाडौँ । नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले ‘सी–कार’ सञ्चालनमा आएको छ । नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको सोरुम, एक्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेसहितका विभिन्न सुविधा एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले सी–कार सुरु गरिएको हो ।

कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाईडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सी–कारमा विभिन्न ब्रान्डका सेकेन्ड ह्यान्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्नुका साथै एक्स्चेन्जको सुविधा पनि पाउनेछन् ।

कम्पनीले सवारी खरिदबिक्रीका साथै सी–कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ ६ ओटा ईभी फास्ट चार्ज गर्न सकिने बताइएको छ । ग्राहकले सी–कार परिसरमै रहेको इटालियन रेस्टुरेन्ट र सवारी साधनका स्पेयर पार्टस पनि सुलभ मूल्यमै पाउन सकिने कम्पनीका संस्थापक रोशन घिमिरेले जानकारी दिए ।

कम्पनीले सेकेन्ड ह्यान्ड सवारी बिक्री गरेको तीन महिनासम्म सम्पूर्ण प्राविधिक जिम्मेवारी लिनेछ । “ग्राहकहरू अहिले सेकेन्ड ह्यान्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रूपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर दिइरहेका छौँ,” घिमिरेले भने ।

साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले ब्लुबुक नि:शुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी–कारमार्फत सवारीको बीमा गर्नेले ब्लुबुक नवीकरणको सुविधा पाउनेछन् । जसका लागि कुनै पनि अतिरिक्त शुल्क तिर्नु नपर्ने बताइएको छ ।

कम्पनीले ग्राहकहरूलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । सदस्यता योजनामा सी–कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुने र त्यस वापत विभिन्न सेवामा आकर्षक छुट पाउन सकिने कम्पनीको भनाइ छ । ४ रोपनी क्षेत्रफलमा फैलिएको सी-कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।

पछिल्लो अध्यावधिक: असार २६, २०८२ ११:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट