२०८२ असार २५ बुधबार
२०८२ असार २५ बुधबार

शुक्रबार एनसेल लिग अफ क्रिएटर्सको ग्रान्ड फिनाले, विजेताले १० लाख बराबरको ब्रान्ड डिल पाउने

 

काठमाडौँ । एनसेलले अपट्रेन्ड्लीसँगको सहकार्यमा आयोजना गरेको ‘लिग अफ क्रिएटर्स’ प्रतियोगिताको ग्रान्ड फिनाले आगामी शुक्रबार हुने भएको छ । यस प्रतियोगितामा देशभरबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटर्समध्येबाट उत्कृष्ट एक जनालाई पुरस्कृत गरिनेछ ।

यसरी छानिने विजेताले एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने कम्पनीले जनाएको छ । निर्णायक मण्डलले गत आइतबार आफ्नो रिभ्यु सेसन सम्पन्न गरिसकेको छ । यस निर्णायक मण्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोश सुनुवार, एनसेलकी मार्केटिङ्, कम्युनिकेसन एन्ड सस्टिनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्ड्लीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका छन् ।

एनसेलले विशेष गरी युवा पुस्तालाई कन्टेन्ट क्रियसनमा आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको हो । सहभागी प्रतियोगीहरूलाई चर्चित क्रिएटर तथा यस प्रतियोगिताका मेन्टर सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले मार्गदर्शन गरेका छन् । यस क्रममा सहभागीहरूलाई कन्टेन्टको योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह र ब्रान्ड समक्ष आफू प्रस्तुत गर्ने रणनीति लगायतका महत्त्वपूर्ण विषयहरूमा प्रशिक्षण प्रदान गरिएको थियो ।

उत्कृष्ट ५० जनालाई मेन्टरशिप प्रदान गरिसकेपछि निर्णायक मण्डलले भिडिओहरूको समीक्षा गरेको थियो । निर्णायक मण्डलका सदस्यहरूले सहभागीहरूले प्रस्तुत गरेका भिडिओको उच्च प्रशंसा गरेका छन् ।

सिंहले केही भिडिओ स्टोरीटेलिङ, क्यामेरा र सन्दर्भको राम्रो बुझाइका कारण साँच्चै राम्रो रहेको टिप्पणी गरिन् । उनले अन्य सहभागीहरूमा अझै सुधारको सम्भावना देखेको र भविष्यमा अझ उत्कृष्ट सामग्रीहरू ल्याउने उनको भनाइ छ । सिंहले कन्टेन्ट क्रियसनलाई आजको अर्थतन्त्रमा सबैभन्दा ठुलो अवसरहरूमध्ये एक भएकोमा जोड दिइन् ।

कार्कीका अनुसार निर्णायक मण्डलले भिडिओहरूलाई सिर्जनात्मक पक्ष र प्राविधिक कार्यान्वयन लगायतका विभिन्न पक्षमा मूल्याङ्कन गरेको छन् ।

पछिल्लो अध्यावधिक: असार २५, २०८२ १५:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट