काठमाडौं– भोटेकोशीमा आएको बाढीबाट विस्थापितलाई उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा प्रवेश गरेपछि उतै रोकिएको छ ।

चिनियाँ सुरक्षा अधिकारीले अनुमतिबिना प्रवेश गरेको भन्दै रसुवागढी पारि चिनियाँ भूमिमा सेनाको हेलिकोप्टर ल्याण्ड गराएका हुन् ।
सेनाका अधिकारीहरुले भने ‘प्राविधिक कारण’ हेलिकोप्टर चीनतर्फ अवतरण गराइएको र छिट्टै फर्किने बताएका छन् ।
बाढीबाट चीनतर्फ रोकिएका करिब १५० जना नेपालीलाई उद्धार तथा सुरक्षित स्थानतर्फ लैजान हेलिकोप्टर गएको बताइएको छ । तर पूर्वअनुमतिबिना हेलिकोप्टर आएको भन्दै चिनियाँ पक्षले ‘फोर्स ल्याण्डिङ’ गराएका हुन् ।

यसबारे नेपालको स्थानीय प्रशासनले गृह मन्त्राल, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ