२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

क्यान महासङ्घ र नेपाल चेम्बर अफ कमर्सबिच आईटी विकासमा रणनीतिक साझेदारी

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्न र डिजिटल अर्थतन्त्र प्रवर्द्धनका लागि कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) र नेपाल चेम्बर अफ कमर्सको सूचना प्रविधि समितिबिच दुई पक्षीय समझदारी (एमओयू) भएको छ । नेपालको आईटी उद्योगमा दिगो र सहयोगात्मक इकोसिस्टम प्रवर्द्धन गर्ने उद्देश्यका यो सहकार्य सुरु भएको हो ।

एम‌ओयू अन्तर्गत दुवै संस्थाले नेपाल सरकारसँग रचनात्मक नीतिगत संवादमा संलग्न भई संयुक्त आईटी नीति सिफारिस गर्नेछन् । यस्तै नेपालको आईटी उद्योगमा स्वदेशी र विदेशी लगानी आकर्षित गर्दै नेपाललाई दक्षिण एसियामा एक व्यवहार्य प्रविधि गन्तव्यको रूपमा स्थापित गर्ने समेत लक्ष्य राखिएको छ ।

दुवै संस्थाहरूले हरेक छ महिनामा आईटी भेटघाट र नेटवर्किङ कार्यक्रमहरू आयोजना गर्नेछन् । यसका साथै, आपसी ब्रान्डिङ र सदस्यता प्रवर्द्धनलाई पनि जोड दिइनेछ ।

रणनीतिक साझेदारीको रूपमा भएको यो सम्झौता तीन वर्षसम्म लागु हुनेछ । जसले नेपाललाई सूचना तथा सञ्चार प्रविधिको प्रतिस्पर्धी र नवीन केन्द्रको रूपमा स्थापित गर्न तथा डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फको यात्रालाई गति दिन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १९:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट