२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

नेपाल बसेर डेढ अर्ब रुपैयाँ बढीको क्रिप्टो कारोबार गर्ने २ भारतीय पक्राउ

काठमाडौँ । डेढ अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी र हुन्डी कारोबार गरेको आरोपमा सोमबार ललितपुरबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत घर भई हाल ललितपुर बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र २२ वर्षीय बिपिन कुमार रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टो तथा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा ललितपुर महानगरपालिका-२, सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा छापा मारेको थियो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उक्त पसलको आवरणमा अवैध हुन्डी र क्रिप्टोकरेन्सी कारोबार भइरहेको पाइएको हो ।

प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल फोन, आठ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एक थान सीसीटीभी डीभीआर र ७४ ग्राम तौलको कस्तुरीको बिनाजस्तो देखिने वस्तु बरामद गरेको जनाएको छ ।

दुवै व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ बमोजिम अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग, अवैध हुन्डी कारोबार र वन्यजन्तु सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

ब्युरोले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुनुहुन सबैमा आग्रह गर्दै कतै यस्ता कार्य भइरहेको थाहा पाएमा नजिकको प्रहरी कार्यालय वा सीआईबीमा जानकारी दिन अनुरोध गरेको छ ।

पछिल्लो अध्यावधिक: असार २४, २०८२ १७:४५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट