काठमाडौँ । स्मार्टफोन ब्रान्ड जेडटीई कर्पोरेसनले नेपाली बजारमा आफ्ना स्मार्टफोन खरिद गर्न चाहने ग्राहकका लागि शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा ल्याएको छ । जगदम्बा हायर पर्चेजसँगको सहकार्यमा कम्पनीले मंगलबारदेखि देशभर यस्तो सुविधा लागू गरेको हो ।

योजनाअन्तर्गत ग्राहकले अब अतिरिक्त ब्याज वा शुल्क तिर्नु नपरी सजिलै स्मार्टफोन खरिद गर्न सक्नेछन् । यो योजनाको मुख्य विशेषता यसको सरलता हो । कम्पनीका अनुसार यसका लागि ग्राहकले झन्झटिलो कागजी प्रक्रिया पूरा गर्नु पर्दैन । केवल नागरिकताको प्रमाणपत्रकै आधारमा यो सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।
ग्राहकले छ महिनासम्मको मासिक किस्ताबन्दीमा स्मार्टफोन खरिद गर्न सक्नेछन् । कम्पनीले १६ हजारदेखि १९ हजार रुपैयाँ मूल्यका स्मार्टफोनमा यो सुविधा उपलब्ध गराएको छ । हाल यस मूल्य दायरा भित्र कम्पनीका तीन मोडेल उपलब्ध छन्:
जेडटीई भी ७० म्याक्स

- ६ जीबी र्याम र १२८ जीबी स्टोरेज
- मूल्य: रु. १५,९९९
- रु. ६,४०० डाउनपेमेन्ट गरेर मासिक रु. १६०० किस्तामा खरिद गर्न सकिने
जेडटीई भी ७० डिजाइन
- ८ जीबी र्याम, १२८ जीबी स्टोरेज
- मूल्य: रु. १६,९९९
- रु. ६,८०० डाउनपेमेन्ट गरी मासिक रु. १७०० किस्तामा उपलब्ध
भी ७० डिजाइन (हाइ स्टोरेज भेरियन्ट)
- ८ जीबी र्याम, २५६ जीबी स्टोरेज
- मूल्य: रु. १८,९९९
- रु. ७,६०० डाउनपेमेन्ट गरेर मासिक रु. १९०० किस्तामा खरिद गर्न सकिने
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १७:३०
सामाग्री श्रोत :
टेक पाना