२०८२ असार २४ मंगलवार
२०८२ असार २४ मंगलवार

डाक्टर आन्दोलनका विषयमा तीन मन्त्रीको संवादपछि चिकित्सक संघसँग छलफल हुँदै

काठमाडौं- नेपाल चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सकहरु आन्दोलनमा उत्रेपछि तीन जना मन्त्रीबीच छलफल भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानुन मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच छलफल भएको छ।

डाक्टरहरुको आन्दोलन र उनीहरुले उठाएका मागका विषयमा मन्त्रालयमा तीन मन्त्रीको छलफलपछि चिकित्सक संघसँग छलफल सुरु भएको मन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ।

‘तीन जना मन्त्रीको छलफलपछि उद्योगमन्त्री निस्कनु भएको छ। अब स्वास्थ्य र कानुन मन्त्रीसँग चिकित्सक संघको टोलीबीच छलफल सुरु भएको छ,’ सचिवालयका एक सदस्यले भने। उनका अनुसार छलफलमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिहर समेत रहेको उनले जानकारी दिए।

उपभोक्ता अदालतको फैसलामा असन्तुष्टि जनाउँदै चिकित्सक संघको अगुवाईमा देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन्। चिकित्सकहरुले सोमबारदेखि आकस्मिक बाहेकका सेवा समेत बन्द गरेका छन्।


हेर्नुहोस् पोलिसी क्लिनिक

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट