२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ चल्दै, ७ देखि ७७७ रुपैयाँसम्ममा ब्रान्डेड सामान पाउने मौका

काठमाडौँ । अनलाइन मार्केटप्लेस तथा ईकमर्स प्लेटफर्म दराज नेपालले ७.७, ‘ह्वाट द फ्ल्याश’ सेलको घोषणा गरेको छ । ७ जुलाई (२३ असार) देखि ११ जुलाई (२७ असार) सम्म पाँच दिनका लागि यस्तो अभियान सञ्चालन हुन लागेको हो । 

सेलका क्रममा फास्टेस्ट फिङ्गर फ्ल्याश सेल मार्फत सबैभन्दा पहिला अर्डर गर्ने ग्राहकले विभिन्न सामानहरू ७ रुपैयाँ, ७७ रुपैयाँ, ७७७ रुपैयाँ र ७,७७७ रुपैयाँमा पाउने छन् । तर, कुन उत्पादनमा सेल लगाइन्छ भन्ने जानकारी नदिइने कम्पनीले जनाएको छ । 

त्यसैले समय समयमा दिइने उक्त छुटको लाभ लिन दराज एप भिजिट गरी रहनुपर्ने कम्पनीले जनाएको छ । यो अभियान अवधिभर सामान खरीदमा ७०% सम्मको छुट, निःशुल्क डेलिभरी, ६० लाख रुपैयाँ बराबरका भौचरहरू वितरण गरिने बताइएको छ । 

दराजका अनुसार सेलमा स्थानीय तथा अन्तर्राष्ट्रिय गरी सयौँ ब्रान्डको सहभागिता रहनेछ । विशेष गरी जारा, एचएन्डएम, एचआरएक्स, र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्सन प्रस्तुत गर्नेछन् । 

यी ब्रान्डका ७/७ ओटा उत्पादनहरू ७७७ रुपैयाँमै उपलब्ध हुने दराजले जनाएको छ । मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५०% छुट उपलब्ध गराउने छन् ।

यो सेलको अवसरमा ४९९ रुपैयाँभन्दा बढी खर्च गरेपछि ग्राहकहरूले थप उत्पादनहरूमा निःशुल्क डेलिभरी भौचर पाउनेछन् । यसका लागि ग्राहकहरूले दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भौचर सङ्कलन गर्नुपर्नेछ ।

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ २१:१७





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट