२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ

काठमाडौं– उपप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्। राजनीतिक स्थिरताका लागि अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने उनको धारणा छ।

‘जनताको चाहना पूरा गर्न राजनीतिक स्थिरता जरूरी छ। राजनीतिक स्थिरताबिना आर्थिक समृद्धि र विकासकाे जनचाहना पूरा हुँदैन। हाम्राे सभापतिजीले राजनीतिक स्थिरताका लागि ७ बुँदे सहमति गरेर जुन गठबन्धन बनेकाे छ, त्यसलाई नै अगाडि बढाउनुपर्छ,´ आइतबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भने।

उनले प्राप्त उपलब्धि र अधिकार रक्षाका लागि कांग्रेस पार्टीलाई व्यवस्थित बनाउनुपर्ने बताए। कांग्रेसकाे संगठनलाई बलियाे बनाए मात्रै हालसम्मका संघर्षबाट प्राप्त उपलब्धि र अधिकार संस्थागत हुने सिंहको भनाइ थियो।

‘पार्टीको संगठन राम्राे बनाउनेमा लाग्नुपर्छ। कांग्रेस वेल मेनेज भयाे भने प्राप्त उपलब्धीहरू, अधिकारहरू बिस्तारै संस्थागत हुन्छन्। एकले अर्काेकाे दाेष देख्ने प्रवृत्तिले संगठन बलियाे हुँदैन,´ उनले भने।

त्यस्तै उनले कांग्रेसकाे मूल नीतिमा रहेर समयअनुसार पार्टीकाे रणनीति बनाउनुपर्ने बताए। सिंहले पार्टीको महाधिवेशनकाे मिति नजिक आइसकेकाे भन्दै आवश्यक प्रकियाहरू पूरा गर्नुपर्ने बताए।

उनले सरकारका कामकारबाही, बजेटलगायतका विषयमा पनि प्रष्टाएका थिए। सरकारमा रहेर चाहनाअनुसार काम गरिरहेकाे भन्दै उनले आफूले सम्हालेकाे मन्त्रालयबाट भएका नीतिगत र विकासका कामबारे जानकारी गराएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट