२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

खटपट परेपछि आफ्नै गर्लफ्रेन्डको नग्न भिडिओ साथीलाई ह्वाट्सएप, अनि एक कान दुई कान मैदान भइदियो

काठमाडौँ । गोर्खाकी एक युवतीको नग्न भिडिओ सामाजिक सञ्जालमा ह्वाट्सएप र मेसेन्जरमा छरपस्ट भयो । नुहाउँदै गरेको नग्न भिडिओ पूर्व प्रेमीले ह्वाट्सएपमा आफ्ना साथीलाई पठाएपछि एक कान दुई कान मैदान भइ दियो ।

यो कथा गोर्खाकी एक युवती (परिवर्तित नाम फ कुमारी) को हो । जसको सुरुवात उनी र गोर्खा शहीद लखन गाउँपालिका २ का १९ वर्षीय जिफ्रान थापा मगरबिचको प्रेम सम्बन्धबाट सुरु हुन्छ ।

करिब एक वर्ष अघि दुई जनाबिच सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत चिनजान भयो । त्यसपछि उनीहरूबिच कहिले फेसबुक मेसेन्जर अनि कहिले इन्स्टाग्राममा कुराकानी भइरहन्थ्यो । करिब ६/७ महिना अघिको कुरा हो, जिफ्रान र फ कुमारी इन्स्टाग्राममा भिडिओ कल गरिरहेका थिए । त्यसै क्रममा युवतीले नुहाउन आफू बाथरुम जान लागेको र एकछिन पछि कुरा गर्ने बताउँछिन् ।

तर जिफ्रानले जिफ्रानले बाथरुम जाँदा समेत भिडिओ कलमा बसिरहने कुरामा उनलाई  मनाउँछन् । प्रेमीलाई विश्वास गरी नुहाउँदै गरेको आफ्नो नग्न शरीर फ्रेममा देखाउँछिन् र भनेअनुसार अश्लील हर्कत समेत गर्छिन् । यता जिफ्रान मोबाइलमा स्क्रिन रेकर्ड गरिरहेका हुन्छन् । यसरी फ कुमारीले चाल नपाउने गरी उनको मोबाइलमा ११ मिनेट १० सेकेन्डको भिडिओ कैद हुन्छ । त्यसपछि क्यापकट एपमार्फत एडिट गरेर ४ मिनेट ३९ सेकेन्डको भिडिओ बनाएको कुरा जिफ्रानले अनुसन्धानका क्रममा दिएको बयानमा स्वीकार गरेका छन् ।  

जिफ्रानको विश्वासघात थाहै नदिई नग्न भिडिओ बनाउने कार्यमा मात्रै रोकिएन । सम्बन्धमा दरार आएपछि उनले बदलाको भावना वा सार्वजनिक बेइज्जत गर्ने मनसायले उक्त भिडिओको बारेमा आफ्ना साथीलाई सुनाए । उनका नाबालिग ती साथीले थाहै नदिई आफ्नो ह्वाट्सएपमा सो भिडिओ पठाएको कुरा पछि मात्र थाहा पाएको दाबी जिफ्रानले गरेका छन् । उनै साथीबाट अन्य साथीहरूसम्म पुगेर मेसेन्जर र ह्वाट्सएपमा फैलिएको हुन सक्ने उनको भनाई छ । 

२२ जेठमा पीडितको तर्फबाट जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय गोरखाले जिफ्रानलाई पक्राउ गरेर अनुसन्धान थाल्यो । सोधपुछका क्रममा जिफ्रानका ती नाबालक साथीले अर्का साथी बिप्लव श्रेष्ठलाई समेत सो भिडिओको बारेमा जिफ्रानले सुनाएको र भेटघाटका क्रममा ह्वाट्सएपबाट आफ्नोमा पठाएको बताएका छन् । श्रेष्ठ भने हाल प्रहरीको फरार सूचीमा छन् । 

उता युवतीले उक्त भिडिओ सामाजिक सञ्जालमा फैलिएको कुरा आफ्नो परिवारका सदस्यहरूबाट थाहा पाइन्, जुन उनको लागि आकाश खसे जस्तै भयो  ।

फ कुमारीकी साथीले नग्न अवस्थामा खिचिएको भिडिओ प्राप्त भएपछि उनकी हजुर आमालाई पठाइ दिएकी थिइन् । उनकी साथीलाई फेसबुक मेसेन्जरमा बिस्मिता श्रेष्ठमार्फत आएको  थियो । बिस्मिताले भने पब्लिक पोस्ट भएमा नराम्रो हुने ठानेर आँबुखैरेनीकी रुपा मगरको ह्वाट्सएपबाट प्राप्त सो भिडिओ पीडित तथा परिवारको जानकारीका लागि पठाएकी थिइन् ।

रुपाले गरेको कागजमा ८० जनाभन्दा बढी मानिसहरू भएको ग्रुप च्याटबाट मेसेज रिक्वेस्ट आएको र के रहेछ भनेर हेर्दा नग्न अवस्थामा खिचिएको भिडिओ देखेको उल्लेख छ । त्यसपछि फ कुमारीलाई खबर गरिदिनु भन्दै बिस्मितालाई ह्वाट्सएपमार्फत पठाएको उनको भनाई छ ।

तर मेसेज रिक्वेस्ट पठाएर भिडिओ पठाउने व्यक्तिको बारे आफूलाई थाहा नभएको रुपाले बताएकी छिन् । “भिडिओ पठाएको केही बेरमा नै उक्त ग्रुप च्याटमा भएका सबै मानिसहरू हटिसकेको हुँदा कसले पठाएको हो भन्ने यकिन गर्न सकिनँ,” उनले भनेकी छिन् । 

प्रेम सम्बन्धमा दरार आएपछि पीडित युवती र जिफ्रानले एक अर्कालाई सामाजिक सञ्जाल टिकटक, फेसबुक र इन्स्टाग्राम समेतमा ब्लक गरेको प्रहरी अनुसन्धानले देखाएको छ । रिसको झोँकमा हैरानी दिने, बेइज्जत गर्ने र अपमान गर्ने मनसायले उनले आफ्नो फोनमा रहेको सो भिडिओ आफ्ना नाबालक साथिलाई पठाए र त्यसपछि ती नाबालकले विप्लव श्रेष्ठलाई शेयर गरे ।

यसरी जिफ्रान थापा मगर र विप्लव श्रेष्ठ समेतले पीडितको नग्न भिडिओ सामाजिक सञ्जालहरू मार्फत सार्वजनिक गरेको उल्लेख छ । १७ असारमा जिल्ला अदालत गोरखामा दर्ता भएको यो मुद्दामा जिफ्रान र विप्लवलाई प्रतिवादी बनाइएको छ । 

 

पछिल्लो अध्यावधिक: असार २२, २०८२ २१:३५





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट