२०८२ असार २२ आईतवार
LATEST NEWS
२०८२ असार २२ आईतवार

१६६ जनाको अस्तु बोकेर अन्तरिक्ष गएको क्याप्सुल पृथ्वीमा फर्किँदा बेपत्ता

काठमाडौँ । १६६ जना दिवङ्गत व्यक्तिको अस्तु बोकेर अन्तरिक्षमा गएको एउटा क्याप्सुल सम्पर्क विहीन भएको छ । २४ जुनमा पृथ्वीमा फर्कने क्रममा प्रशान्त महासागरमा अवतरण हुनुभन्दा केही मिनेटअघि क्याप्सुल सम्पर्क विहीन भएको हो ।

यससँगै आफ्ना प्रियजनको सम्झनालाई अन्तरिक्ष यात्रा गराई सुरक्षित रूपमा फिर्ता ल्याउने सयौँ परिवारको आशा अन्तिम समयमा आएर निराशामा परिणत भएको छ । अन्तरिक्षमा अस्तु पुर्‍याउने सेवा दिइरहेको अमेरिकी कम्पनी ‘सेलेस्टिस’ले जर्मन कम्पनी ‘द एक्सप्लोरेसन कम्पनी’को ‘निक्स’ (Nyx) नामक क्याप्सुल मार्फत ती अस्तु अन्तरिक्षमा पठाएको थियो । 

स्पेसएक्सको फाल्कन-९ रकेट प्रयोग गरी गत २३ जुनमा अमेरिकाको भेन्डेनवर्ग स्पेस फोर्स बेसबाट सो क्याप्सुल प्रक्षेपण गरिएको थियो । निर्माता कम्पनीका अनुसार क्याप्सुलले प्रक्षेपण, अन्तरिक्ष कक्षमा परिक्रमा र पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्नेसम्मका सबै चरण सफलतापूर्वक पूरा गरेको थियो । 

वायुमण्डलको घर्षणले सञ्चार अवरोध गरेपछि क्याप्सुलसँग पुनः सम्पर्क भइसकेको थियो । तर, योजना अनुसार २४ जुनमा प्रशान्त महासागरमा अवतरण हुनुभन्दा ठीक अघि क्याप्सुलसँगको सम्पर्क पूर्ण रूपमा टुट्न पुग्यो र क्याप्सुल बेपत्ता भयो ।

‘द एक्सप्लोरेसन कम्पनी’ले मिसनका अधिकांश प्राविधिक परीक्षण सफल भएकोले यसलाई ‘आंशिक सफल’ भनेको छ । यद्यपि अस्तुलाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउने मुख्य लक्ष्य भने पूर्णतः असफल भएको छ । 

क्याप्सुलमा मानवीय अस्तु बाहेक ‘मार्टियन ग्रो’ नामक एक वैज्ञानिक परियोजना अन्तर्गत गाँजाको बोट र बीउ पनि पठाइएको थियो । यसको उद्देश्य शून्य गुरुत्वाकर्षणमा त्यसको वृद्धि र अनुकूलन क्षमता अध्ययन गर्नु थियो ।

यो घटनापछि सेलेस्टिसले प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै भविष्यमा हुने अर्को उडानमा निःशुल्क अवसर दिने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १७:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट