२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

प्रि-डिप्लोमा र डिप्लोमा अध्ययन गर्न ३३ सय बढी विद्यार्थीलाई छात्रवृत्ति दिँदै सीटीईभीटी

 

काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले विभिन्न शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्तिको लागि अनलाइन आवेदन खुलाएको छ । आइतबार एक सूचना प्रकाशन गर्दै  शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहकाका लागि छात्रवृत्तिको आवेदन खुलाइएको हो । 

विद्यार्थीहरूले सोमबार (२३ असार) देखि ११ साउन राति ११:५९ बजेभित्र अनलाइन आवेदन दिइ सक्नुपर्नेछ । अनलाइन आवेदन खुलेपछि यहाँ क्लिक गरेर लग इन गरी आवेदन दिन सकिनेछ । 

सीटीईभीटीले प्रि-डिप्लोमा तहका १८ शैक्षिक कार्यक्रमहरूमा सातै प्रदेशमा गरेर १ हजार २१५ कोटा छात्रवृत्ति खुलाएको हो ।  जसमा  एग्रिकल्चर (प्लान्ट साइन्स), लाइभस्टक प्रोडक्सन/एनिमल हेल्थ, भेटेरिनरी साइन्स, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ समावेश छन् । 

यस्तै, वाटर सप्लाई एन्ड स्यानिटरी इन्जिनियरिङ, सर्वे इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, अटोमोबाइल इन्जिनियरिङ लगायतका विषयहरू समेत छन् । 

डिप्लोमा तहमा २२ ओटा शैक्षिक कार्यक्रमका लागि २ हजार १६५ कोटा छात्रवृत्तिका लागि सीटीईभीटीले आवेदन खुलाको हो । जसमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, जिओमेटिक्स इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, मेकाट्रोनिक्स इन्जिनियरिङ लगायतका विषय रहेका छन् । यस्तै स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमको डिप्लोमा छात्रवृत्तिको लागि छुट्‍टै आवेदन खुलाउने जनाइएको छ । 

प्रि-डिप्लोमाको छात्रवृत्तिका लागि आवेदन दिन ५०० रुपैयाँ र डिप्लोमाका शैक्षिक कार्यक्रमका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ । एक विद्यार्थीले बढीमा एउटा शैक्षिक कार्यक्रमका लागि मात्र छात्रवृत्ति पाउनेछन् । 

छात्रवृत्ति पाउने विद्यार्थीबाट सम्बन्धित शैक्षिक संस्थाले प्रशिक्षण, प्रयोगात्मक, रजिस्ट्रेसन, नियमित परीक्षा आवेदन, पुस्तकालय, प्रयोगात्मक स्थलसम्मको यातायात शुल्क लगायत कुनै पनि शुल्क लिन पाउने छैनन् । यद्यपि, अध्ययन अवधिभर खाना, बस्न, पोसाक र आवश्यक स्टेसनरीको व्यवस्था भने विद्यार्थी स्वयम्‌ले गर्नुपर्ने छ ।

छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल सरकारले चाहेको स्थानमा तोकिएको समयसम्म सेवा गर्नुपर्ने सर्त सीटीईभीटीले राखेको छ ।

पछिल्लो अध्यावधिक: असार २२, २०८२ १५:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट