२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

पहिलो हाफ सकिँदा नेपाल ३–१ ले पछि, उच्वेकिस्तान १० खेलाडीमा सिमित

काठमाडौं– एसियन कप २०२६ छनोट अन्तर्गत उज्वेकिस्तानसँको निर्णायक खेलको पहिलो हाफमा नेपालले तीन गोल खाएको छ । पहिलो हाफ सकिँदा उच्वेकिस्तानले ३ गोल गरेको छ भने नेपालले एक गोल फर्काएको छ । 

नेपालले दोस्रो मिनेटको सुरुवातमै पहिलो गोल खाएको थियो । उच्वेकिस्तानकी खबिबुलायभा डियोराखोले पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाइन् । 

यस्तै ११ औं मिनेटमा समीक्षा घिमिरेको खुट्टाबाट आत्मघाती गोल हुन पुग्यो । २६ औं मिनेटमा नेपालका तर्फबाट कप्तान सावित्रा भण्डारीले एक गोल फर्काइन् । 

खेलको ३९ औं मिनेटमा पेनाल्टीमार्फत् अर्को गोल थप्दै खेललाई ३–१ को स्थितिमा पुर्‍यायो । उच्वेकिस्तानकी सोयीमोभा माफटुनाले पेनाल्टीमार्फत् गोल गरेकी हुन् । 

यस्ते पहिलो हाफको अन्तिम समयमा एर्गासेभा नोजिमाखोनले रातो कार्ट पाएपछि उच्वेकिस्तान १० खेलाडीमा सीमित भएको छ । उनले पहिले नै फाउल गर्दै पहेँलो कार्ड पाइसकेकी थिइन् ।  नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट