२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

नबिल बैंकको नाममा अनलाइन ठगी प्रयास, ग्राहकलाई सचेत रहन आग्रह

काठमाडौँ । नबिल बैंकले आफ्नो नाममा खोलिएका नक्कली सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत भ्रामक सूचना फैलाएर ठगी गर्ने प्रयास भइरहेको भन्दै आफ्ना ग्राहकलाई सचेत रहन आग्रह गरेको छ । शनिबार एक सूचना जारी गर्दै  बैंकले पुरस्कार तथा अन्य आर्थिक लाभको प्रलोभन देखाएर गरिने ठगी (स्क्याम/ फिसिङ) बाट बच्न ध्यानाकर्षण गराएको हो ।

बैंकका अनुसार, हाल केही सामाजिक सञ्जाल तथा नक्कली वेबसाइटहरूले बैंकको नाम दुरुपयोग गरी पुरस्कार परेको जस्ता झुटा र भ्रामक सूचना प्रचार गरिरहेको पाइएको छ । यस्ता सूचना ठगी वा फिसिङको उद्देश्यले तयार पारिएको हुन सक्ने भन्दै बैंकले ग्राहकलाई त्यस्ता वेबसाइट वा सूचनामा विश्वास नगर्न आग्रह गरेको हो ।

कुनै पनि जानकारीको आधिकारिकता पुष्टि गर्नका लागि बैंकको आधिकारिक वेबसाइटहरू nabilbank.comnbank.nabilbank.com मा मात्र विश्वास गर्न बैंकले अनुरोध गरेको छ ।

यस्ता कुनै पनि शङ्कास्पद सूचना वा जानकारी प्राप्त भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको फोन नम्बर ०१-५९७००१५ वा ईमेल [email protected] मा सम्पर्क गरेर सत्यतथ्य बुझ्न पनि बैंकले सुझाएको छ ।

बैंकले कुनै पनि अपरिचित वा नक्कली वेबसाइटमा विश्वास नगर्न र आफ्ना व्यक्तिगत तथा बैंकिङ विवरण कसैसँग पनि साझा नगर्न आग्रह गरेको छ । पछिल्लो समय वित्तीय क्षेत्रमा अनलाइन प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोग गरी ठगी गर्ने घटना पनि बढ्दै गएका छन् ।

 

पछिल्लो अध्यावधिक: असार २१, २०८२ १९:५९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट