२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

‘नथिङ फोन थ्री’ को प्रि-बुकिङमा १९ हजारसम्म छुट, ‘सीएमएफ बड्स प्रो टु’ निःशुल्क पाइने

काठमाडौँ । प्रविधि ब्रान्ड नथिङको फ्ल्यागशिप स्मार्टफोन ‘नथिङ फोन (थ्री)’ को नेपालमा आधिकारिक प्रि-बुकिङ खुला भएको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोबाइलले विशेष अफरसहित १४ जुलाईसम्म प्रि-बुकिङ सुरु गरेको हो ।

कम्पनीले प्रि-बुकिङ गर्ने ग्राहकका लागि १९ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था गरेको छ । साथै, पहिलो १०० जना प्रि-बुकिङ गर्ने ग्राहकले ९ हजार ४९९ रुपैयाँ मूल्य पर्ने ‘सीएमएफ बड्स प्रो टु’ इयरबड्स पनि निःशुल्क प्राप्त गर्नेछन् । यसरी ग्राहकले नगद छुट र उपहारसहित कुल २८ हजार ४९९ रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

मूल्य र भेरियन्ट

सीजी मोबाइलले फोनलाई दुई स्टोरेज भेरियन्टमा उपलब्ध गराएको छ:

  • १२ जीबी र्‍याम + २५६ जीबी स्टोरेज: यस भेरियन्टको अधिकतम एमआरपी एक लाख २७ हजार ९९८ रुपैयाँ तोकिएको छ । प्रि-बुकिङ अफरअन्तर्गत ग्राहकले यसलाई १७ हजार ९९९ छुटसहित एक लाख ९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्नेछन् ।

  • १६ जीबी र्‍याम + ५१२ जीबी स्टोरेज: यस भेरियन्टको मूल्य एक लाख ४३ हजार ९९८ रुपैयाँ रहेको छ । प्रि-बुकिङमा १८ हजार ९९९ रुपैयाँ छुटपछि यसलाई एक लाख २४ हजार ९९९ रुपैयाँमा किन्न सकिनेछ ।

कम्पनीले यो मूल्य भारतको भन्दा पनि सस्तो भएको दाबी गरेको छ, जसले नेपाली बजारमा ग्राहकलाई विशेष फाइदा पुग्ने देखिन्छ ।

शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा

फोन खरिदलाई थप सहज बनाउन कम्पनीले शून्य प्रतिशत ब्याजदरमा १२ महिनाको किस्ताबन्दी (EMI) सुविधा पनि ल्याएको छ । यसका लागि ग्राहकले फोनको कुल मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ भने बाँकी रकम किस्तामा तिर्न सकिनेछ । यो सुविधा नागरिकताको आधारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

के छन् फोनका मुख्य विशेषता ?

नथिङ फोन (थ्री) आफ्नो सिग्नेचर पारदर्शी डिजाइन र नयाँ ‘ग्लाइफ म्याट्रिक्स’ इन्टरफेसको साथ आएको छ, जसले फोनलाई अझ आकर्षक बनाएको छ । यसका मुख्य विशेषताहरू यसप्रकार छन्:

  • पर्फर्मेन्स: यसमा फ्ल्यागशिप-ग्रेडको स्न्यापड्रागन ८एस जेन ४ प्रोसेसर प्रयोग गरिएको छ, जसले तीव्र गति र सहज कार्यसम्पादन सुनिश्चित गर्छ ।

  • क्यामेरा: फोनमा ५० मेगापिक्सेलको मुख्य, ५० मेगापिक्सेलको पेरिस्कोप (६० एक्स जुमसहित) र ५० मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्ससहितको ट्रिपल क्यामेरा सेटअप छ । यसले 4K 60fps मा भिडिओ रेकर्ड गर्न सक्छ ।

  • डिस्प्ले: यसमा ६.६७ इन्चको १२० हर्ज रिफ्रेस रेट भएको फ्लेक्सिबल एमोलेड डिस्प्ले छ, जसको पीक ब्राइटनेस ४५०० निट्ससम्म पुग्छ ।

  • ब्याट्री: फोनमा ५१५० एमएएच क्षमताको सिलिकन-कार्बन ब्याट्री छ, जसले ६५ वाट वायर्ड र १५ वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ ।

  • सफ्टवेयर: एन्ड्रोइड १५ मा आधारित नथिङ ओएस ३.५ मा चल्ने यो फोनमा ५ वर्षको ओएस अपडेट र ७ वर्षको सेक्युरिटी प्याचको प्रतिबद्धता गरिएको छ ।

कसरी गर्ने प्रि-बुकिङ?

इच्छुक ग्राहकले यो लिंक मार्फत जुलाई १४ सम्म अनलाइन प्रि-बुकिङ गर्न सक्नेछन् । फोनको बिक्री वितरण भने १५ जुलाईदेखि देशभरका आधिकारिक स्टोरहरूबाट सुरु हुनेछ ।

पछिल्लो अध्यावधिक: असार २१, २०८२ ११:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट