छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ
पानिले पखालेको हुँ कालोमोसो भित्र चोट अमिट छ
औषधि लेख्नै हात कमाउनुपर्ने दिन आयो डाक्साब
सदस्यता लिए सुरक्षा पाउँछौ जताततै झोलेकै त सिट छ
छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ
अफिस भित्रै पनि पहुँच बिहिनहरु पेलिएका छन् यहाँ
काम नगर्ने तर काम बाहेक तमाम गर्नेहरुकै त जित छ
छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ
बिरामिले नै एन्टिबायोटिक्स सिफारिस गरिदिन्छन् आजकल
बुझेकालाई नबुझाउनुस उनिहरुलाई गुगलकै सुझाव ठिक छ
छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ
कसरी लाज पचाउँदैछन् रुघा लाग्दा सिङ्गापुर जानेहरु
यहि अवस्था रहे डक्टर नर्सको जमात देशमा कसरि टिक्छ
छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ
पानिले पखालेको हुँ कालोमोसो भित्र चोट अमिट छ ।।
-राजेश तिमल्सीना
जनस्वास्थ्य निरिक्षक, गुन्जनगर स्वास्थ्य चौकी, भरतपुर महानगरपालिका,चितवन
सामाग्री श्रोत :
swasthyakhabar

