२०८२ असार २१ शनिबार
LATEST NEWS
२०८२ असार २१ शनिबार

समाचार उद्योगमा च्याटजीपीटीले राहत दिँदा गुगल एआईको ‘किलर’ प्रहार, अर्बौंको ट्राफिक गुम्यो

काठमाडौँ । च्याटजीपीटीजस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलबाट समाचार साइटहरूमा जाने ट्राफिक (रेफरल) बढेपनि यो वृद्धि एआई सर्च इन्जिनका कारण समाचार उद्योगले भोगिरहेको ठुलो क्षतिलाई पूर्ति गर्न अपर्याप्त देखिएको छ । डिजिटल बजार अनुसन्धान कम्पनी ‘सिमिलरवेब’ (Similarweb) ले सार्वजनिक गरेको एक रिपोर्टले यस्तो तथ्य देखाएको हो ।

रिपोर्टअनुसार, प्रयोगकर्ताहरू अब समाचारका लागि सिधै एआई वा गुगलको ‘एआई ओभरभ्युज’ जस्ता एआई-सञ्चालित सर्च इन्जिनहरूमा निर्भर हुन थालेका छन् । यसकारण उनीहरूले समाचार वेबसाइटका लिङ्कहरूमा क्लिक गर्न छाडेका छन् ।

मे २०२४ मा गुगलले ‘एआई ओभरभ्युज’ सुरु गरेयता समाचार वेबसाइटमा क्लिक नै नहुने सर्चको संख्या ५६% बाट बढेर मे २०२५ सम्ममा लगभग ६९% पुगेको छ । यसको प्रत्यक्ष असर समाचार वेबसाइटहरूको अर्गानिक ट्राफिकमा देखिएको छ । सन् २०२४ को मध्यमा दुई अर्ब ३० करोडभन्दा बढी रहेको भिजिट अहिले घटेर १.७ अर्बभन्दा कममा झरेको छ ।

च्याटजीपीटीको सानो सहयोग, ठुलो गिरावट

एकातिर गुगल सर्चबाट ट्राफिक घटिरहँदा अर्कोतिर च्याटजीपीटीमा समाचार-सम्बन्धित प्रश्न (प्रम्प्ट) सोध्ने क्रम भने बढेको छ । जनवरी २०२४ देखि मे २०२५ सम्ममा यस्ता प्रम्प्टहरूमा २१२% को वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसको परिणामस्वरूप च्याटजीपीटीबाट समाचार साइटहरूमा जाने रेफरल ट्राफिक पनि आकाशिएको छ । जनवरी-मे २०२४ को अवधिमा करिब १० लाख रहेको रेफरल, सोही अवधिमा २०२५ मा २५ गुणाले बढेर दुई करोड ५२ लाख पुगेको छ ।

तर, अर्गानिक सर्च ट्राफिकमा आएको भारी गिरावटको तुलनामा च्याटजीपीटीबाट प्राप्त यो वृद्धि मिडिया प्रकाशकहरूको घाटा पूर्ति गर्न पर्याप्त छैन ।

कुन विषय र कुन साइटलाई फाइदा ?

सिमिलरवेबको तथ्यांकअनुसार, च्याटजीपीटीबाट सबैभन्दा बढी ट्राफिक पाउनेमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स अग्रस्थानमा छ, जसले ८.९% रेफरल पाएको छ । त्यसपछि न्युयोर्क पोस्ट (७.१%) र बिजनेस इन्साइडर (६.५%) रहेका छन् । रोचक कुरा, ओपनएआईविरुद्ध मुद्दा दायर गरेको न्युयोर्क टाइम्सले भने जम्मा ३.१% मात्र रेफरल पाएको छ ।

प्रयोगकर्ताले च्याटजीपीटीमा सबैभन्दा बढी शेयर बजार (३३%), फाइनान्स (२१%) र खेलकुद (Sports) (१७%) सम्बन्धी समाचार खोजेका छन् । यद्यपि, वार्षिक वृद्धिको हिसाबले राजनीति, अर्थतन्त्र, मौसम जस्ता विषयहरू तीव्र गतिमा बढिरहेका छन्, जसले प्रयोगकर्ताहरू गहन विषयमा एआईको प्रयोग गर्न थालेको संकेत गर्छ ।

च्याटजीपीटीको आफ्नै वृद्धि र उद्योगको संकट

एआई रेफरल बढ्नुको साथै च्याटजीपीटीको आफ्नै प्रयोगकर्ता संख्या पनि तीव्र गतिमा बढेको छ । पछिल्लो ६ महिनामा यसको एप प्रयोगकर्ता ११६% र वेब भिजिटर ५२% ले बढेका छन् ।

एआईका कारण ट्राफिक गुमाएपछि समाचार उद्योगले कर्मचारी कटौतीदेखि संस्थाहरू बन्द गर्नेसम्मका कठोर कदम चाल्न बाध्य भएका छन् । यस संकटको समाधानका लागि गुगलले अफरवाल जस्ता नयाँ उपायहरू परीक्षण गरिरहेको छ भने कतिपय साइटहरूले ‘पेवाल’ (शुल्क तिरेर पढ्ने) प्रणाली लागु गरेका छन् ।

यस विषयमा ओपनएआईका सीईओ साम अल्टम्यानले पनि एआईका कारण केही रोजगारी गुम्न सक्ने र यसले समाजमा पीडादायी अवस्था सिर्जना गर्न सक्ने स्वीकारेका छन् ।

टेकक्रन्चको सहयोगमा

पछिल्लो अध्यावधिक: असार २०, २०८२ ७:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट