२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

नागढुङ्गा सुरुङमार्गमा नेपाल टेलिकमले इन्टरनेट र मोबाइल सेवा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल टेलिकमले नागढुङ्गा सुरुङमार्ग दूरसञ्चार सेवा विस्तार गर्ने भएको छ । सुरुङभित्र पनि इन्टरनेट र मोबाइल सेवा उपयोग गर्नसक्ने गरी टेलिकमले नेटवर्क पूर्वाधार निर्माण तथा सञ्चालन गर्ने भएको हो ।

यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागसँग टेलिकमले समझदारी गरिसकेको छ । यसअन्तर्गत मोबाइल नेटवर्क पूर्वाधार तयार पार्ने, सेवा सञ्चालन, मर्मत र गुणस्तर सुधारको सम्पूर्ण जिम्मेवारी नेपाल टेलिकमले लिनेछ भने सडक विभागले उक्त सेवा विस्तारका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ ।

हाल सुरुङमार्गमा सेवा सञ्चालनको पूर्वतयारीस्वरूप दूरसञ्चार पूर्वाधार निर्माण तथा आवश्यक प्राविधिक कार्य भइरहेको टेलिकमले जनाएको छ । 

त्रिभुवन राजपथमा निर्माण भइरहेको नागढुङ्गा सुरुङमार्गलाई राष्ट्रिय महत्वको परियोजना मानिएको छ । सो मार्ग प्रयोग गर्ने यात्रुहरूलाई अवरोधरहित सञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित टेलिकमले सेवा विस्तारको तयारी थालेको हो ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ ११:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट