२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

श्रम तथा रोजगारीको क्षेत्रमा समग्र विकास सरकारको प्राथमिकताः मन्त्री भण्डारी

काठमाडौं, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले समग्र श्रम तथा रोजगारीको क्षेत्रमा विकासका लागि जोड दिएका छन्। राष्ट्रिय सभामा विनियोजन विधेयक २०८२ माथि छलफलका क्रममा श्रम मन्त्री भण्डारीले भौतिक पूर्वाधारको विकास मात्रैले मुलुक समृद्ध हुन नसक्ने धारणा राख्दै मानव विकास, रोजगारी र सामाजिक सुरक्षा समेत विकासको महत्त्वपूर्ण अङ्ग भएको बताए।
राष्ट्रिय सभाका सदस्यहरुले राखेको जिज्ञासा र सुझावलाई ग्रहण गर्दै श्रम मन्त्री भण्डारीले नेपालको श्रम र रोजगारी व्यवस्थापनलाई बहुआयामिक र अर्थतन्त्रसँग जोडेर हेर्नु पर्ने भएकोले आगामी १० वर्षसम्म आन्तरिक रोजगारी सृजनालाई अभियानकै रूपमा सञ्चालन गर्नु पर्ने आवश्यकतालाई प्रट्याएका थिए। रोजगारीले गरीबी न्यूनीकरणलाई मात्र नभइ स्थानीय र प्रदेशस्तरका आर्थिक र सामाजिक विकासका सम्भावना समेतमा योगदान हुन बताएका छन्। “नेपाललाई समृद्ध र आत्मनिर्भर बनाउन मन्त्रालयले प्राकृतिक र मानव संसाधनको अधिकतम उपयोग गर्ने” बताउदै मन्त्री भण्डारीले सांसदहरुको साथ र सहयोगको अपेक्षा गरेको जानकारी दिए।
विदेशमा नेपाली र नेपालमा विदेशी कामदारको प्रवृत्तिलाई परिवर्तन गर्न राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई प्रभावकारी बनाउने योजना सुनाउदै “श्रम व्यक्तिको पूँजी हो, र उत्पादकत्व सीपसँग जोड्ने,” कार्ययोजना रहेको बताए। “युवालाई स्वदेशमै रोजगारी दिने सुझावलाई मन्त्रालयले आत्मसात गरेको” र समग्र श्रम तथा रोजगारीमा नयाँ र उच्च प्रविधि प्रयोग गरी नेपाल तथा विदेशमा रहेका सबै नेपालीहरुलाई सेवा प्रवाह हुदै गरेको जानकारी दिए।
वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन मन्त्रालयले नीतिगत र संस्थागत सुधारका लागि नयाँ र सशक्त तवरले कार्य गर्ने गरी मन्त्रालय अघि बढिसकेको जानकारी दिए। मन्त्री भण्डारीले युरोपका १३ नयाँ गन्तव्य मुलुकसँग श्रम समझदारी प्रस्ताव गरिएको र ठगी नियन्त्रणलाई निर्मम तवरले नियन्त्रण गर्न सम्बन्धित जिल्लाकै प्रशासनीक र न्यायिक संयन्त्र प्रयोग हुने गरी ऐन परिमार्जन हुन लागेको जानकारी समेत दिए।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट