२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

डा सन्जिब तिवारीविरुद्ध अदालतको अवहेलना मुद्दा, कारण देखाउ आदेश

काठमाडौं- नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीविरुद्द अवहेलना मुद्दा दायर भएको छ। डा तिवारीविरुद्ध दुई दिन अघि उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो।

उक्त मुद्दामा अदालतले आज बिहीबार कारण देखाउ आदेश जारी गरेको छ। डा तिवारीलाई ७ दिनभित्र अदालतमा आफैं उपस्थित भइ अवहेलनामा सजाय किन गर्नु नपर्ने हो भन्ने कारण र प्रमाणहरु पेश गर्न आदेह जारी भएको छ।

न्यायाधिशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको इजलासले ७ दिनभित्र लिखित जवाफ लिई आफैं अदालतमा उपस्थित हुन र सम्बन्धित निर्णय फायल समेत लिएर आउन आदेश दिएको हो।

‘न्याय प्रशासन ऐन, २०७३ को दफा १७(२) बमोजिम अदालतको अवहेलनामा कारवाही गरी पाउँ भनी प्रस्तुत निवेदन परेको देखिँदा सो निवेदन माग बमोजिम अवहेलनामा सजाय किन गर्नु नपर्ने हो? सजाय गर्नु नपर्ने आधार कारण भए प्रमाण सहित यो आदेश प्राप्त भएको मितिले ७ दिन भित्र लिखित जवाफ लिई विपक्षी आफै अदालतमा उपस्थित हुन आउनु र निवेनका साथ संलग्न पत्र एवम् सोसंग सम्बन्धित निर्णय फायल समेत साथै लिई आउनु भनी विपक्षीका नाममा म्याद जारी गरी आएपछि वा अवधि नाघे पछि नियमानुसार पेश गर्नू,’ आदेशमा भनिएको छ।

डा तिवारीविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले अवहेलनाको मुद्दा हालेको हो। मञ्चको तर्फबाट अख्तियारवाला भइ आफ्नो हकमा समेत संस्थाको सचिव अधिवक्ता जय पौडेल र संस्थाको कानुन अधिकृत अधिवक्ता सुबिन पाण्डेले अबहेलनामा सजाय गरी अन्य आदेश जारी गरी पाउँ भन्दै मुद्दा दर्ता गरेका थिए।

उनीहरुले डा तिवारीविरुद्ध एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गरी हँदैसम्म सजाय गर्न माग गरेका छन्।यसका साथै डा तिवारीले त्रिवि शिक्षण अस्पतालमा लामो समय काम नगरी अकर्मण्यता गरिरहेको सो कार्यले अस्पतालमा आउने बिरामी उपभोक्ताले सेवाबाट वञ्चित हुनुपरेको भन्दै नियमित काममा लगाउन समेत आदेशको माग गरेका छन्।

उपभोक्ता अदालतले अस्पताल र चिकित्सकमाथि गरेको फैसलापछि डा तिवारीले दिएका अभिव्यक्ति र नेपाल चिकित्सक संघको लेटरहेडमा महासचिव डा तिवारीका नाममा जारी भएका विज्ञप्तिका आधारमा मञ्चले अवहेलना मुद्दा दायर गरेको हो।

यो पनि:


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट