२०८२ असार १८ बुधबार
LATEST NEWS
२०८२ असार १८ बुधबार

उपभोक्ता अदालतको आदेश प्रमाणहरु बिना एकपक्षीय रुपमा गलत मनसायबाट अघि बढेको छ: एनडीएएन

काठमाडौं- नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले उपभोक्ता अदालतबाट उपचारका विषयलाई लिएर भइरहेको आदेश एकपक्षीय भएको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ।

संघले बुधबार न्याय परिषद्को सचिवालयलाई पत्र बुझाउँदै उपभोक्ता अदालतको निर्णय गलत मनसायबाट अघि बढेको भन्दै ध्यानाकर्षण गराएको हो। 

संघका अध्यक्ष डा विकास गौचन र महासचिव डा सम्राट पराजुलीद्वारा हस्ताक्षरीत उक्त पत्रमा मुख्य प्रमाणहरु बिना नै एकपक्षीय आदेशहरु आएको उल्लेख छ।

पत्रमा आफ्नो अधिकार क्षेत्र भित्र रहेर अदालतले गरेको निर्णयहरु पूर्ण रुपमा न्याय प्रदान गर्ने उद्देश्य सहितको हुनुपर्छ भन्नेमा संघ स्पष्ट रहेको भन्दै तर पछिल्ला फैसलाहरुले चिकित्सकको संविधान प्रद्धत्त मौलिक हकहरु धारा १६ (सम्मानपूर्वक बाच्न पाउने हक) र धारा १८ (समानताको हक) हनन् भएको बताएको छ । उसले फैसलाकै कारण नेपाली चिकित्सकहरु स्वास्थ्य सेवा प्रदान गर्ने वा नगर्ने दोधारमा परेको समेत पत्रमा उल्लेख छ।

बिरामीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक, नर्स, प्रयोगशालाकर्मी, स्वास्थ्यकर्मी, फार्मेसिष्ट तथा रेडियोग्राफर लगायत सबैको भूमिका हुने भन्दै चिकित्सकलाई मात्रै गल्ती देखाएर क्षतिपूर्तिको अदालतबाट आदेश हुनु आश्चय रहेको पनि पत्रमा उल्लेख छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट