२०८२ असार १९ बिहीबार
LATEST NEWS
२०८२ असार १९ बिहीबार

मेटा र गुगलपछि साओमीले पनि ल्यायो एआई ‘स्मार्ट अडियो ग्लास’, के के छन् विशेषता ?

काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो पहिलो आईवेयर एआई स्मार्ट अडियो ग्लास सार्वजनिक गरेको छ । मेटा र गुगलपछि साओमीले पनि चस्मा बजारमा प्रवेश गरेको हो । क्वालकमको स्न्यापड्रागन एआई वन चिप प्रयोग गरिएको यो चस्मामा कम्पनीको साओएआई च्याटबट प्रयोग गरिएको छ जसले रियल टाइम ट्रान्सलेसनसँगै भ्वाइस कन्ट्रोल लगायतका कामहरू गर्न सक्छ । 

चस्मामा ४ जीबी र्‍याम र ३२ जीबी स्टोरेज छ भने टुके भिडिओ रेकर्डिङसँगै १२ मेगापिक्सेलको क्यामेरा पनि यसमा उपलब्ध छ । साथै यसमा स्टेरियो स्पिकर सिस्टम र पाँचओटा माइक्रफोन छन् जसले आवाजको अनुभव राम्रो बनाउने कम्पनीको विश्वास छ । ब्याट्री भने यसमा २६३ एमएएचको दिइएको छ र चस्मालाई यूएसबी सीबाट चार्ज गर्न सकिन्छ ।

सामान्य प्रयोगमा यसको ब्याट्री साढे ८ घण्टासम्म टिक्छ भने संगित बजाउँदा सात घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । ४० ग्रामको यो चस्मामा वाई-फाई६, ब्लुटुथ ५.४, एन्ड्रोइड १० भन्दा माथिका डिभाइस सपोर्ट लगायतका फिचर छन् । यो चस्मा आईओएसमा पनि कनेक्ट गर्न सकिन्छ । 

प्रयोगकर्ताले चस्माबाट नै सोझै स्मार्ट होम डिभाइस कन्ट्रोल गर्न सक्नेछन् भने टिकटक जस्ता प्लेटफर्ममा लाइभ पनि बस्न सक्नेछन् । साथै प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार यसको ग्लास पनि परिवर्तन गर्न सक्नेछन् । 

हाल चिनियाँ बजारका लागि मात्र उपलब्ध यो एआई ग्लासको मूल्य १ हजार ९९९ युआन (करिब साढे ३८ हजार रुपैयाँ) तोकिएको छ ।  

पछिल्लो अध्यावधिक: असार १८, २०८२ २०:४१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट