२०८२ असार २१ शनिबार
२०८२ असार २१ शनिबार

कुमारी फोनेपे क्रेडिट कार्ड सार्वजनिक, क्यूआरमार्फत भुक्तानी हुने

काठमाडौँ । डिजिटल भुक्तानी सञ्जाल फोनेपेले कुमारी बैंक लिमिटेडसँगको साझेदारीमा ‘कुमारी फोनेपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । फोनेपे क्रेडिट कार्ड योजना अन्तर्गत जारी गरिएको यो भर्चुअल क्रेडिट कार्ड कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत कुमारी बैंकका ग्राहकका लागि उपलब्ध छ ।

पूर्ण रूपमा डिजिटल यस सेवाले प्रयोगकर्तालाई देशभर रहेका फोनेपे क्यूआर मर्चेन्टहरूमा स्क्यान गरेर भुक्तानी गर्न सक्षम बनाउँछ । यस कार्डले परम्परागत क्रेडिट कार्डका सुविधाहरू जस्तै; ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी जस्ता सुविधालाई क्यूआर भुक्तानीको सहजता र सुरक्षासँग जोड्ने बताइएको छ । 

यस अवसरमा कुमारी बैंकले ५० प्रतिशत क्यासब्याक (अधिकतम ५०० रुपैयाँसम्म) को विशेष अफर ल्याएको छ । यो अफर कुमारी फोनेपे क्रेडिट कार्डमार्फत गरिएका कारोबारहरूमा सीमित अवधिका लागि लागु हुनेछ । अफरले क्यूआर आधारित क्रेडिट भुक्तानीलाई प्रवर्द्धन गर्दै प्रयोगकर्तालाई दैनिक खर्चमा बचत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

“कुमारी बैंक फोनेपे क्रेडिट कार्ड नेटवर्कमा आबद्ध भएपछि हामीले हाम्रो पहुँचलाई उल्लेखनीय रूपमा विस्तार गरेका छौं,” फोनेपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारले भने, “यसले प्रयोगकर्ताहरूलाई तत्काल, सुरक्षित र सजिलै भर्चुअल क्रेडिट पहुँच दिन सक्षम बनाएको छ । पूर्ण रूपमा भर्चुअल यो कार्ड क्रेडिटलाई सबै नेपालीका लागि सहज र समावेशी बनाउने दिशामा महत्त्वपूर्ण कदम हो ।”

पछिल्लो अध्यावधिक: असार १८, २०८२ ९:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट