२०८२ असार १७ मंगलवार
LATEST NEWS
२०८२ असार १७ मंगलवार

एनसेलका नयाँ नम्बर अब ९७१ बाट सुरु हुने

काठमाडौँ । निजी टेलिकम कम्पनी एनसेलले अब ग्राहकलाई ९७१ बाट सुरु हुने नयाँ मोबाइल नम्बर उपलब्ध गराउने भएको छ । कम्पनीले साउनको दोस्रो साताभित्रै नयाँ सिमहरूको वितरण थाल्ने तयारी थालेको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले गत १४ जेठमा एनसेललाई यो रेन्जका नम्बर वितरण गर्नका लागि अनुमति दिएको थियो । यसअघि प्रयोगमा आएका ९८०, ९८१, ९८२, ९७० रेन्जमा नम्बरहरू अपुग भएकोले कम्पनीलाई नयाँ नम्बर रेन्ज उपलब्ध गराइएको हो ।

यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ एलोकेसन प्लान) को नियम अनुरूप जारी भएको हो । दूरसञ्चार सेवा बाहेक वन टाइम पासवर्ड (ओटीपी) लिन, मोबाइल एप र वेबमा आधारित सेवाहरू साइन अप गर्न, डिजिटल कारोबार लगायतका महत्त्वपूर्ण प्रयोजनमा मोबाइल नम्बरको ठुलो आवश्यकता रहन्छ ।

मोबाइल नम्बर प्रणालीको विषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

एनसेलले विभिन्न सेवाप्रदायक कम्पनी, सरकारी तथा गैर सरकारी संस्था, कार्यालय, बैँक तथा वित्तीय संस्थालाई यो नयाँ नम्बर रेन्ज हाल सञ्चालनमा रहेका अन्य रेन्ज सरह ग्राहक सेवाका लागि आ–आफ्नो प्रणालीमा इन्टिग्रेट/अपडेट गर्न समेत अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १५:२३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट