२०८२ भाद्र १० मंगलवार
LATEST NEWS
२०८२ भाद्र १० मंगलवार

विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता

काठमाडौँ– विपद् प्रतिकार्य हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायु सेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच सम्झौता भएको छ। 

मंगलबार गृह मन्त्रालयमा वायु सेवा सञ्चालक सङ्घ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच सम्झौता भएको हो। सम्झदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले वायु सेवा सञ्चालक सङ्घले गरेको सहयोगले विपद्का वेला आम नागरिकको जनधनको क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताए। 

मनसुन जन्य विपद्का बेला नेपाली सेनाले उद्वारका लागि प्रयोग गर्ने हेलिकप्टरको उपलब्धता नभएको बेला यसले थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे। 

उनले नागरिकको उद्वारका लागि निःशुल्क हेलिकप्टर उपलब्ध गराउन  सङ्घसँग थप समन्वय  गर्ने पनि प्रतिबद्धता जनाए। मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्वतयारीका लागि नेपाली सेना,सशस्त्र प्रहरी खोज तथा उद्धारका  निरन्तर लागिरहेको पनि उनले बताए। 

यसैगरी वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले विगतको भूकम्प,कोभिडको समयमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्दै आएको बताउँदै मनसुनको बेलामा कुनै पनि विपद् आइपरेमा सम्झौता अनुसार हवाई उद्वारका लागि तयारी अवस्थामा रहने बताए।

एक वर्षका लागि सङ्घ र प्राधिकरणबिच भएको सम्झौता अनुसार मनसुन जन्य विपद्का वेला उद्वारका लागि अपरेटिङ शुल्क बाहेक अन्य सेवा निःशुल्क रहने जनाइएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट