२०८२ असार १७ मंगलवार
LATEST NEWS
२०८२ असार १७ मंगलवार

मेडिकल पढ्दै गरेका केएमसीयनहरुको भेला सम्पन्न

काठमाडौं- केएमसी बागबजारबाट बाट कक्षा १२ उत्तीर्ण गरी काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न मेडिकल कलेजहरुमा एमबीबीएस, बीएमएस, बीडीएस, बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसी, बीएससी एमआइटी, बीएमएलटी लगायतका प्रोग्राममा अध्ययनरत केएमसीयन हरुका लागि असार १४ गते ‘केएमसी मेडिकल सेक्टर- एलुम्नी मिट २०८२’ आयोजना गरी सम्पन्न भएको छ।

भेलामा ४०० भन्दा बढी उपत्यका भित्रका मेडिकल कलेजका विद्यार्थीहरुको उपस्थिति रहेको थियो। औपचारिक, अनौपचारिक ,सांस्कृतिक, फन गेमहरु सहित डिनर प्रोग्राम समेत आयोजना गरिएको थियो।विभिन्न मेडिकल कलेजका प्राचार्य/उप प्राचार्य सहित चिकित्सा पेशामा रहेका एमडी, एमएस, डिएम, एमसिएच, एमपिएच गरेका र सरकारी सेवामा ८औं, ९औं, ११औं तहमा रहेर सेवा गरिरहेका केएमसीका पूर्व विद्यार्थाहरुको समेत उल्लेख्य सहभागीता रहेको थियो।

उक्त समारोहमा बोल्दै औपचारिक कार्यक्रमका सभापति एवं केएमसीका अध्यक्ष रामेश्वर अर्यालले-केएमसीयनहरु देशका विभिन्न ठाउंमा पुगेर चिकित्सकीय सेवा दिएको देख्दा आफूलाई खुशी लाग्ने कुरा बताए।

त्यस्तै केएमसी पूर्व विद्यार्थी संघका अध्यक्ष डा अच्युत शाली घिमिरेले आफ्नो मन्तव्यका क्रममा केएमसीले दक्ष जनशक्त्ती उत्पादनमा पुर्याएको योगदानको चर्चा गर्दै चिकित्सक एवं स्वास्थ्यकर्मीलाई नेपालमा नै राख्न राज्यले भूमिका खेल्नुपर्नेमा जोड दिए।

२५ औं वार्षिकत्सवका क्रममा केएमसीले आफ्ना पूर्व विद्यार्थीहरु संग जोडिने क्रमलाई तीव्र बनाइराखेको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट