२०८२ असार १७ मंगलवार
२०८२ असार १७ मंगलवार

आईफोन १७ मा पछाडिपट्टि लोगोको स्थान परिवर्तन गर्दै एप्पल

 

काठमाडौँ । एप्पलले आफ्नो आगामी आईफोन १७ मा दशकभन्दा लामो समयदेखि चल्दै आएको डिजाइनमा एक महत्त्वपूर्ण परिवर्तन गर्ने भएको छ । चर्चित लिकरका अनुसार कम्पनीले पहिलो पटक आईफोनको पछाडि रहेको आफ्नो लोगोको स्थान परिवर्तन गर्ने तयारी गरेको हो ।

‘मजिन बु’ नामका लिकरले सामाजिक सञ्जाल एक्स र आफ्नो ब्लगमार्फत यो जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार आईफोन १७ प्रोमा एप्पलको लोगो हालको स्थानभन्दा निकै तल हुनेछ । त्यो भनेको डिभाइसको पछाडिपट्टिको सेन्टरभन्दा हल्का तल हो ।

यो परिवर्तनको मुख्य कारण आईफोन १७ मा आउने भनिएको नयाँ क्यामेरा डिजाइन हो । आईफोन १७ को पछाडिको भागको पूरै चौडाइमा फैलिने गरी ‘फुल-विड्थ क्यामेरा बार’ हुनेछ । यो नयाँ डिजाइनका कारण लोगोलाई हालको स्थानमा राख्न असम्भव हुने भएकाले तल सार्न लागिएको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । नयाँ क्यामेरा डिजाइनमा फ्ल्यास र लाइडार स्क्यानरलाई पनि डिभाइसको दायाँ किनारमा सारिने बताइएको छ ।

लोगोको स्थान परिवर्तनले प्रयोगकर्तामा विशेषगरी म्यागसेफ (MagSafe) प्रयोगकर्तालाई असहज हुने देखिन्छ । खासगरी आईफोन १२ देखि एप्पलको लोगोले म्यागसेफ एक्सेसरिजलाई सही ठाउँमा मिलाउने सङ्केतका रूपमा काम गर्दै आएको छ ।

म्यागसेफको चुम्बकीय प्रणाली लोगोको ठ्याक्कै वरिपरि राखिएको हुने भएकाले पनि म्यागसेफ चार्जर एडजस्ट गर्न सजिलो हुँदै आएको थियो । तर, लिकरले यसको समाधान पनि बाहिर ल्याएका छन् । ‘मजिन बु’ का अनुसार एक्सेसरिज बनाउने कम्पनीहरूले यसका लागि तयारी थालिसकेका छन् । उनीहरूले उत्पादन गर्ने नयाँ केसमा म्यागसेफको गोलाकार रिङको बीचमा नयाँ लोगो देखाउनका लागि खाली ठाउँ राखेका छन् । यसले गर्दा म्यागसेफ त्यहीँ हुने, तर त्यसैको छेउमा पर्ने लोगोको स्थान भने खाली हुने देखिन्छ ।

अर्का लिकर सोनी डिक्सनले पनि डिजिटल स्केम्याटिक्समार्फत यो हल्लालाई पुष्टि गरेका छन् । एप्पलले विगतमा पनि लोगोको स्थान र शैलीमा परिवर्तन गरेको थियो । सुरुवाती आईफोनदेखि आईफोन एक्ससम्म लोगो माथि र तलपट्टि अङ्ग्रेजीमा ‘iPhone’ शब्द लेखिएको हुन्थ्यो । तर, आईफोन ११ देखि उक्त शब्द हटाइयो र लोगोलाई पछाडिको भागको ठिक सेन्टरमा राखियो । आईफोन १६ सिरिजसम्म यही डिजाइन निरन्तर प्रयोगमा आइरहेको थियो ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १४:२६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट