२०८२ असार १७ मंगलवार
२०८२ असार १७ मंगलवार

एकैपटक रु. ५ हजारले घट्यो साओमी १४ टीको मूल्य, साथमा ३५०० पर्ने इयरबड फ्री

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले नेपाली बजारमा आफ्नो प्रिमियम फोन साओमी १४ टीको मूल्य घटाएको छ । यसअघि ६४ हजार ९९९ रुपैयाँमा बिक्री गर्दै आएको उक्त फोनलाई कम्पनीले पाँच हजार छुट सहित ५९ हजार ९९९ रुपैयाँमा बिक्री गर्न थालेको हो । 

गत फागुनमा यो फोन नेपाली बजारमा सार्वजनिक भएको थियो । साओमीले लाइका कम्पनीसँग मिलेर ल्याएको यस फोनले क्यामेराका सन्दर्भमा राम्रो चर्चा पाएको थियो । कम्पनीले अहिले यो फोन खरिद गर्ने प्रयोगकर्तालाई पाँच हजार छुट सहित ३५०० रुपैयाँ पर्ने रेड्मी बड्स सिक्स लाइक निःशुल्क दिने घोषणा गरेको छ । 

के के छन् फिचर ?

लाइकाको सहकार्यमा निर्मित क्यामेरा सिस्टम

साओमीले आफ्नो लाइकासँगको सहकार्यलाई निरन्तरता दिँदै ‘साओमी १४टी’ मा ट्रिपल क्यामेरा प्रणाली समावेश गरेको छ । यसमा लाइका सुम्मिलक्स सहितको ५० मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ५० मेगापिक्सेलको टेलिफोटो लेन्स समावेश रहेको छ । साओमी प्रोफोकस र ६० एफपीएस सहितको फोके भिडिओ रेकर्डिङले यसलाई प्रोफेसनल-ग्रेड भिडिओग्राफीको अनुभव दिलाउँछ ।

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर

मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित ‘साओमी १४टी’ ले मल्टी-टास्किङ, गेमिङ र दैनिक कार्यहरूमा उच्च प्रदर्शन सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यसमा रहेको ४ एनएम चिपसेटले ऊर्जा खपतलाई प्रभावकारी रूपमा नियन्त्रण गर्दै सहज र ल्याग–फ्रि प्रदर्शन सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ ।

अल्ट्रा-स्मुथ र अल्ट्रा–स्मार्ट डिस्प्ले

‘साओमी १४टी’ मा ६.६७ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसले १४४ हर्जको रिफ्रेस रेट सहित स्मुथ र इमर्सिभ भिजुअल अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । ४००० निट्सको पिक ब्राइटनेस, एचडीआर १० प्लस सपोर्ट र १.५ के रेजोलुसन रहेको स्मार्टफोनले उज्यालो बाहिरी वातावरणमा पनि उच्च स्तरको मल्टिमिडिया अनुभव सुनिश्चित गर्छ ।

एआई र स्मार्ट फिचरहरू

साओमी १४ टीमा एआई-पावर्ड फोटोग्राफी मोडहरू, स्मार्ट सिन रिकग्निसन र ब्याट्री अप्टिमाइजेसन जस्ता अत्याधुनिक सुविधा राखिएका छन् । यी सुविधाले प्रयोगकर्तालाई सहजताको अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

ब्याट्री पावर र हाइपर चार्ज

५००० एमएएच क्षमता रहेको ब्याट्रीका लागि ६७ वाटको हाइपर चाजिङ टेक्नोलोजी दिइएको छ । यस टेक्नोलोजीको सहयोगमा ४५ मिनेटमै ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ ।

आईपी ६८ रेटिङ सहितको मजबुत डिजाइन

आईपी ६८-रेटिङ भएको फोन पानी र धुलोबाट सुरक्षित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुई मिटर गहिराइमा ३० मिनेटसम्म डुब्दा पनि फोन केही हुँदैन ।

साओमी १४ टी टाइटन ब्ल्याक, टाइटन ग्रे र टाइटन ब्लु कलर भेरियन्टमा १२ जीबी+५१२ जीबी अप्सनमा उपलब्ध हुनेछ । यसको मूल्य ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ । नेपालभरका सबै आधिकारिक एमआई स्टोर तथा साओमी रिटेल स्टोरमार्फत फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ १३:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट