२०८२ असार १७ मंगलवार
२०८२ असार १७ मंगलवार

आज सार्वजनिक हुँदै ‘नथिङ फोन थ्री’, फ्ल्यागशिप सेगमेन्टमा होला त धमाकेदार इन्ट्री ?

काठमाडौँ । बेलायती कम्पनी नथिङले आफ्नो बहुप्रतिक्षित ‘नथिङ फोन थ्री’ आज सार्वजनिक गर्दैछ । कम्पनीले यसलाई आफ्नो पहिलो ‘ट्रु फ्ल्यागशिप स्मार्टफोन’ को रूपमा प्रस्तुत गर्ने बताएको छ ।

सार्वजनिक हुनुअघि नै यसको क्यामेरा, प्रोसेसर लगायतका केही विशेषता बाहिरिसकेका छन् । नथिङ फोनका लागि चिनिएको सिग्नेचर ‘ग्लिफ इन्टरफेस’ को सट्टामा यसमा ‘ग्लिफ म्याट्रिक्स’ नामक नयाँ डिजाइन कम्पोनेन्ट हुने पुष्टि भएको छ ।

कसरी हेर्ने लन्च इभेन्ट ?

नथिङ फोन थ्री आज (जुलाई १) बेलायतको लण्डनस्थित कम्पनीको मुख्यालयमा नेपाली समय अनुसार राति १०:४५ बजे ‘नथिङ इभेन्ट: कम टु प्ले’ नामक कार्यक्रममार्फत सार्वजनिक गरिनेछ । यस कार्यक्रमलाई नथिङको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष हेर्न सकिनेछ ।

अनुमानित मूल्य

आधिकारिक मूल्य सार्वजनिक नगरिए पनि नथिङका सीईओ कार्ल पेईले यसको मूल्य रेन्जबारे केही संकेत दिएका छन् । जस अनुसार यसको सुरुवाती मूल्य करिब ८०० पाउन्ड स्टर्लिङ (अन्दाजी डेढ लाख रुपैयाँ) हुनसक्ने छ । 

केके होलान् फिचर ?

विभिन्न रिपोर्टका अनुसार नथिङ फोन थ्रीमा ६.७ इन्चको एलटीपीओ ओएलईडी स्क्रिन रहनेछ, जसको रेजोलुसन १.५के (1.5K) र रिफ्रेस रेट १२० हर्ज हुनेछ । क्यामेराको हकमा यसको पछाडि ट्रिपल क्यामेरा युनिट रहने पुष्टि भएको छ ।

यसमा थ्री एक्स अप्टिकल जुम सहितको ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो सेन्सर मुख्य क्यामेरा हुनेछ । यसका साथै ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै अल्ट्रा-वाइड-एंगल लेन्स पनि रहने चर्चा छ ।

कम्पनीले यस स्मार्टफोनमा स्न्यापड्रागन एट एस जेन फोर चिपसेट रहने संकेत गरेको छ । यसले नथिङ फोन टुको तुलनामा सीपीयू पर्फर्मेन्समा ३६ प्रतिशत, जीपीयूमा ८८ प्रतिशत र एनपीयू पर्फर्मेन्समा ६० प्रतिशत सुधार ल्याउने अपेक्षा गरिएको छ । यो फोन एन्ड्रोइड ओएसको पाँच वर्षको अपडेट र सात वर्षको सुरक्षा प्याच सहित आउनेछ ।

लिक भएका जानकारी अनुसार नथिङ फोन थ्रीमा ५,१५० एमएएच क्षमताको ब्याट्री र १०० वाटको वायर्ड फास्ट चार्जिङ सपोर्ट रहनेछ । यसमा वायरलेस र रिभर्स वायरलेस चार्जिङ क्षमता पनि हुने सम्भावना छ ।

पछिल्लो अध्यावधिक: असार १७, २०८२ ९:१४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट