२०८२ आश्विन २७ सोमबार
२०८२ आश्विन २७ सोमबार

सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्नेविरुद्ध साइबर ब्युरोमा एलिनाको उजुरी

काठमाडौं– निजी जीवनका कुरालाई लिएर सामाजिक सञ्जालमा अभद्र कमेन्ट गर्नेहरूविरूद्ध गायिका एलिना चौहान नेपाल प्रहरीको साइबर ब्युरो पुगेकी छन्। 

उनले सोमबार साइबर ब्युरो पुगेर सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने चार जनाविरूद्ध उजुरी दिएकी छन्। 

अमर्यादित कमेन्ट गर्नेलाई कानुनी कारबाहीको माग गर्दै निवेदन दिएको ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीले बताए। निवेदन आएसँगै ब्युरोले त्यसमाथि अनुसन्धान सुरू गरेको छ।

गायिका एलिनाले लगातार अमर्यादित कमेन्ट गर्नेविरूद्ध साइबर ब्युरो पुगेको बताइन्। ‘अति नै भएपछि आज चार जनाविरूद्ध उजुरी दिएकी छु,’ उनले भनिन्।  अभद्र कमेन्ट गर्ने बाँकी प्रयोगकर्तालाई पनि क्रमशः जाहेरी दिँदै जाने उनले बताइन्। 

एलिना र अर्की गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने प्रयोगकर्ताहरूको ‘फेसबुक प्रोफाइल’ सामाजिक सञ्जालबाटै सार्वजनिक गरिरहेका छन्। यो अभियानसँगै अहिले अमर्यादित कमेन्ट आउने क्रम कम भएको एलिनाले बताइन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट