२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

मुख तथा घाँटीको क्यान्सरसम्बन्धी राष्‍ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं- काठमाडौंमा मुख तथा घाँटीको क्यान्सर उपचार सम्बन्धी सम्मेलन सम्पन्न भएको छ। भक्तपुर ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले गत शुक्रबार सम्मेलन आयोजना गरेको हो।

सम्मेलनमा देशभरका १५० जना भन्दा बढि चिकित्सकहरू सहभागी थिए।सम्मेलनमा क्यान्सर रोग विशेषज्ञहरू, रेडियोलोजिस्टहरू, नाक-कान-घाँटी शल्यचिकित्सक र विद्यार्थीहरूले पनि सहभागिता जनाएका थिए। सहभागीहरूले यस कार्यक्रमबाट धेरै कुरा सिक्न पाएको र यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गर्नुपर्ने बताएका छन् ।

सम्मेलनमा मुख्य वक्ताका रूपमा अमेरिकाका प्रसिद्ध न्युरोरेडियोलोजिस्ट डा लरेन्स गिन्सबर्गले सहभागिता जनाएका थिए।उनी टेक्सस विश्वविद्यालयका प्रध्यापक र एमडी एन्डरसन क्यान्सर सेन्टरमा कार्यरत छन्।

उनले घाँटीको क्यान्सरमा पेरिन्युरल स्प्रेडका बारे विस्तृत प्रस्तुती दिएका थिए।

यसका साथै टिचिंङ अस्पतालमा कार्यरत रेडियोलोजिस्ट डा शर्मा पौडेलले स्कल बेसको रेडियोलोजिकल एनाटोमीबारे प्रस्तुति दिएका थिए।

सोही कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरमा कार्यरत डा सुवाष पण्डितले बिना ठूलो अपरेसन ब्राकिथेरापी प्रयोग गरेर मुख तथा घाँटीका क्यान्सरको उपचार कसरी गर्न सकिन्छ बारे प्रस्तुति दिएका थिए।उनले नेपालमा यो विधिको प्रयोग गर्ने अग्रणी अस्पतालको रुपमा काठमाडौं क्यान्सर सेन्टरले भुमिका खेलेको बताए।

सम्मेलनमा मुख तथा घाँटीको क्यान्सरमा बहुविषयक प्यानल छलफल पनि भएको थियो जसमा ३ वटा बिरामीहरूको रोगबारे छलफल भएको थियो।

सम्मेलनकै दौरान अस्पतालले सफलतापूर्वक १०० वटा फ्रि फ्लाप शल्यक्रिया सम्पन्न गरेको उपलक्ष्यमा शल्यचिकित्सकहरूलाई सम्मान गरिएको थियो। फ्रि फ्लाप शल्यक्रियामा शरिरको अन्य भागबाट छाला र मासु निकालेर प्लास्टिक सर्जरीको मद्दतबाट क्यान्सरका ठूला शल्यक्रिया गरिन्छ। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट