२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

चरित्रहत्या गर्ने ४ जनाविरुद्ध गायिका एलिना चौहानले दिइन् साइबर ब्युरोमा उजुरी

काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेको चरित्रहत्या र नकारात्मक टिप्पणीबाट आजित भएकी गायिका एलिना चौहानले कानुनी उपचार खोजेकी छन् । उनले आफ्नो चरित्रहत्या गर्ने चार जना व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा सोमबार औपचारिक उजुरी दर्ता गराएकी हुन् ।

ब्युरोमा उजुरी दिएपछि टेकपानासँग कुरा गर्दै गायिका चौहानले आफूले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकै व्यक्तिमध्येबाट चार जनाविरुद्ध निवेदन दिएको जानकारी दिइन् । “यस विषयमा प्रधानमन्त्रीको समेत साथ रहेको र ब्युरोले पनि सहयोग गर्ने आश्वासन दिएको छ,” उनले भनिन् ।

आफ्नो चरित्रहत्या गर्नेहरूलाई कानुनी कठघरामा ल्याउन आफू सक्रिय रूपमा लाग्ने बताउँदै उनले दोषीलाई खोज्ने र पहिचान गर्ने काममा समेत सघाउने प्रतिबद्धता व्यक्त गरिन् । “दोषीहरूलाई खोज्ने काम मेरो, कारबाही गर्ने काम ब्युरोको हो । म सहयोग गर्छु,” चौहानले थपिन्, “उनीहरू पक्राउ परेपछि पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिनेछ ।”

गायिका चौहानले दोषीलाई सामान्य धरौटीमा वा पैसा तिरेर छुट्ने अवस्था आउन नदिन र कानुन बमोजिम पूर्ण सजाय दिलाउन आफू लागिपर्ने दृढता व्यक्त गरिन् । 

कानुनी प्रक्रिया अगाडि बढाए पनि सामाजिक सञ्जालमा हुने नकारात्मक टिप्पणी र चरित्रहत्याविरुद्ध आफ्नो अभियानलाई निरन्तरता दिने उनले स्पष्ट पारिन् ।

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १७:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट