२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

एसईई नतिजा चित्त बुझेन ? रिटोटलिङ गर्न यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौँ । एसईईको नतिजा चित्त नबुझेको विद्यार्थीलाई पुनर्योग (रिटोटलिङ) का लागि आवेदन खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय कक्षा १० ले आइतबार सूचना जारी गर्दै पुनर्योगका लागि आवेदन खुलाएको हो । सूचना अनुसार विद्यार्थीले पुनर्योगका लागि २३ असार बेलुका ५:०० बजेसम्ममा आवेदन दिन सक्ने छन् ।

 

यसरी दिनुहोस् आवेदन:

१.  exam.neb.gov.np/see मा गएर student payment मा जानुहोस् वा यहाँ क्लिक गर्नुहोस् ।

२. पोर्टलमा गएपछि सिम्बोल नम्बर र जन्म मिति राख्ने अप्सन देखिन्छ । तर सिम्बोल नम्बर राख्दा अल्फाबेट नराखी नम्बर मात्र राख्नु होस् । 

३. त्यसपछि जुन विषयको रिटोटलिङ गर्नुपर्ने हो, त्यसलाई रोज्नुहोस् । 

४. एउटा विषयको रिटोटलिङको लागि ५०० रुपैयाँ शुल्क तोकिएको छ । विषय रोजेपछि इसेवा वा खल्ती मोबाइल वालेटबाट भुक्तानी गर्नुहोस् । 

५. भुक्तानी भएपछि रिटोटलिङका लागि आवेदन प्रक्रिया पूरा भएको जनाउने कन्फर्मेसन म्यासेज आउँछ । 

६. त्यसपछि बोर्डले रिटोटलिङको नतिजा सार्वजनिक गरेपछि वेबसाइटमा गएर रिजल्ट हेर्न सकिन्छ । 

आइतबारदेखि नै  रिटोटलिङका लागि परीक्षा नियन्त्रण कार्यालयले आवेदन खुलाएको थियो । तर, सिम्बोल नम्बर र जन्म मिति राखेपछि सर्च गरेर विषय रोज्ने विकल्प नै नहुँदा रिटोटलिङको आवेदन दिन नमिलेको भनेर विद्यार्थीहरूले गुनासो गरेका थिए । अहिले भने उक्त समस्या समाधान भएको पाइएको हो । 

पछिल्लो अध्यावधिक: असार १६, २०८२ १७:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट