२०८२ असार १६ सोमबार
LATEST NEWS
२०८२ असार १६ सोमबार

अथेन्टिकेटर एपबाट पासवर्ड सुविधा हटाउने माइक्रोसफ्टको घोषणा, अब ‘पासकी’ अनिवार्य

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो अथेन्टिकेटर एपमा रहेको पासवर्ड सेभ गर्ने सुविधा पूर्ण रूपमा हटाउने घोषणा गरेको छ । कम्पनीका अनुसार आगामी अगस्ट महिनादेखि एपमा पासवर्ड अटोफिल वा स्टोर गर्ने सुविधा रहने छैन । यसको सट्टामा प्रयोगकर्ताले अब पासकी (Passkey) लगइन प्रविधि प्रयोग गर्नुपर्नेछ । पासकी प्रणाली डिभाइस र बायोमेट्रिक आईडीसँग जोडिएको नयाँ र सुरक्षित लगइन विधिको रूपमा स्थापित भइरहेको छ ।

पछिल्लो समय बढ्दो साइबर हमला र प्रयोगकर्ताको लगइन विवरण जोखिममा परिरहेको अवस्थामा पासवर्डको युगलाई अन्त्य गर्ने माइक्रोसफ्टको यो पछिल्लो कदम हो । गत वर्षमात्रै कम्पनीले प्रति सेकेन्ड सात हजार पासवर्ड आक्रमणहरू पत्ता लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो । यही कारणले माइक्रोसफ्टले सुरक्षित भविष्यका लागि पासकीलाई केन्द्रमा राखेको हो ।

कम्पनीले पासवर्ड सुविधा हटाउनका लागि निम्न समयरेखा सार्वजनिक गरेको छ:

  • जुन २०२५: अथेन्टिकेटर एपमा नयाँ पासवर्ड थप्न नमिल्ने ।

  • जुलाई २०२५: सेभ गरिएका पासवर्डका लागि अटोफिल सुविधा बन्द हुने ।

  • अगस्ट २०२५: एपमा सेभ गरिएका सबै पासवर्ड स्थायी रूपमा हटाइने ।

प्रयोगकर्ताले अटोफिल सुविधा बन्द हुनुअघि नै सेभ गरिएका पासवर्डहरू एक्स्पोर्ट (export) गर्न सक्नेछन् । यसका लागि एपको सेटिङ मेनुमा गएर ‘Export Passwords’ विकल्प रोज्न सकिन्छ । एक्स्पोर्ट गरिएका पासवर्डहरू गुगल अकाउन्ट, आईक्लाउड किचेन (iCloud Keychain) वा माइक्रोसफ्ट एजजस्ता अन्य अटोफिल सेवामा इम्पोर्ट गर्न सकिनेछ ।

के हो पासकी, अनि किन छ सुरक्षित ?

पासकी पासवर्डको विकल्प हो । यसमा क्यारेक्टर, शब्द वा वाक्यांश याद गर्नुको सट्टा बायोमेट्रिक्स (फिंगरप्रिन्ट, फेस आईडी) वा पिन प्रयोग गरेर पहिचान प्रमाणित गरिन्छ । पासवर्डहरू सर्भरमा स्टोर हुने र चोरी हुन सक्ने जोखिम हुन्छ भने पासकी प्रयोगकर्ताकै डिभाइसमा सुरक्षित रहन्छ । यसले गर्दा ह्याकरूले यसलाई चोर्न वा अनुमान गर्न लगभग असम्भव हुन्छ ।

पासकीको प्रयोगलाई बढावा दिनेमा माइक्रोसफ्ट एक्लो होइन । गुगल, एप्पल, अमेजनजस्ता अन्य ठुला प्रविधि कम्पनीहरूले यो प्रविधि अपनाइसकेका छन् ।

पछिल्लो अध्यावधिक: असार १६, २०८२ ११:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट