२०८२ असार १७ मंगलवार
LATEST NEWS
२०८२ असार १७ मंगलवार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौं – मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका– १४ रानीबासमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–१४ चन्दनपुर निवासी अन्दाजी ३५ वर्षीय राजेन्द्र कुँवरको मृत्यु भएको हो । कार्यालयका अनुसार आइतबार राति रानीबासबाट भिमानतर्फ आउँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका कुँवरलाई उपचारका लागि बर्दिबास लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा घाइते १४ वर्षीय करण कुमरको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट