२०८२ असार १७ मंगलवार
LATEST NEWS
२०८२ असार १७ मंगलवार

विदेशमा रहेका ५ लाख बढी ‘अनडकुमेण्टेड’ नेपालीलाई श्रम स्वीकृति दिंदै सरकार

काठमाडौं, सरकारले विदेशमा विभिन्न माध्यम मार्फत गएका तर कागजातविहिन(अनडकुमेण्टेड) अवस्थामा रहेका नेपालीलाई श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने भएको छ । यसका लागि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयले तयारी गरिसकेका छन् ।
गत मंगलवार संसदमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले विदेशमा विभिन्न माध्यमबाट र विभिन्न समयमा गएका ५ लाख बढी नेपाली अनडकुमेण्टेड अवस्थामा रहेको र उनीहरुलाई राज्यको प्रणालीमा समेट्न जरुरी रहेको बताएका थिए । कुवेतमा मात्र ६० हजार भन्दा बढी नेपाली महिलाले घरेलु श्रमिकको रुपमा काम गरिरहेको भन्दै संसदीय समितिको निर्देशनका कारण रोकिएको घरेलु श्रममा जाने महिलाका लागि बाटो खुल्ला गर्नु आवश्यक रहेको मन्त्री भण्डारीको भनाई थियो ।
भिजिट भिसा वा अन्य रुपमा गएर विदेशमा श्रम गरिरहेका नेपालीलाई श्रम स्वीकृति र पुनः श्रमस्वीकृति मार्फत वैदेशिक रोजगार विभागमा जोड्न सरकारले पहल गरेको हो । यसरी जोडिनेहरुलाई सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा आवद्ध गर्न सकिने भएपछि उनीहरुलाई अप्ठ्यारो परेमा पनि मद्धत गर्न सकिने भएका कारण यो काम अगाडी बढाएको श्रम मन्त्री भण्डारीले देशपरदेशलाई बताए । उनका अनुसार सम्भवतः आज(विहिवार) यसका बारेमा महत्वपूर्ण निर्णय हुनेछ । विदेशबाट श्रम स्वीकृति प्रदान गर्न बायोमेट्रिक लगायतका लागि आवश्यक पर्ने सम्पूर्ण उपकरणहरु दूतावासमा पठाईसकिएको मन्त्री भण्डारीले बताए । श्रम मन्त्रालयले २०२४ सेप्टेम्वर अगाडी विदेश पुगेका र कागजातविहिन अवस्थामा रहेकाहरुलाई श्रम स्वीकृति दिने तयारी गरेको हो ।
विशेषगरी नेपाली महिलाले घरेलु श्रममा जाँदा शारिरीक हिंसा तथा यौन शोषण भोग्नु परेको भन्दै संसदीय समितिको निर्देशनमा सरकारले बन्देज लगाएको छ । बन्देजका बावजुद पनि हरेक बर्ष हजारौं महिला अन्य भिसामा वा भारत लगायतको मुलुक भएर खाडीका मुलुकहरुमा घरेलु श्रम गर्न पुगिरहेका छन् ।

सामाग्री श्रोत :
deshparadesh

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट