२०८२ मंसिर ६ शुक्रबार
२०८२ मंसिर ६ शुक्रबार

सेरेसको मनसुन एक्सचेन्ज क्याम्प, पुरानो गाडी साट्न ल्याउँदा बोनस पाइने

काठमाडौँ । सेरेस नेपालले “मनसुन एक्सचेन्ज क्याम्प” सुरु गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले यस अफरको विषयमा जानकारी दिएको हो । आज असार १२ गतेबाट सुरु भएर यो अफर असार १८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

यस अफर अन्तर्गत ग्राहकले आफूसँग भएको सवारी साधनको लागि अहिलेसम्मकै उत्कृष्ट मूल्याङ्कन पाउने कम्पनीको दाबी छ । योसँगै क्याम्पेनमा एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन् । 

यो योजना नेपालभरका सबैआधिकारिक सेरेस शोरूमहरूमा उपलब्ध हुनेछ।

“आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवैस्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ,” विज्ञप्तीमा लेखिएको छ, “नेपालमा यसको SERES 3 मोडलले आफ्नो शक्ती र इन्जिनियरिंग उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटरउचाइको कठिन कोरलानाका पारगरेर इतिहास बनाएको छ।”

अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकलशो (PEVS)” मा तीन वटा “बेस्टईभी” अवार्ड जितेर आफूलाई त्यसक्षेत्रकै अग्रणीईभीको रूपमा पुन: प्रमाणित गरेको कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार १३, २०८२ १८:१३





सामाग्री श्रोत :
टेक पाना

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट