२०८३ भाद्र २८ आईतवार
LATEST NEWS
२०८३ भाद्र २८ आईतवार

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

काठमाडौँ– पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी लगायतको उपस्थितिमा बिहीबार बसेको बैठकले रानीमहलको स्वरूपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो।

मन्त्री पौडेलले रानीमहल दुर्लभ मध्येको एउटा महत्त्वपूर्ण ठाउँ रहेको चर्चा गर्दै पुरानो शैली र आकारसँग सम्बन्धित सामग्रीहरू सङ्कलन गरी अध्ययन गर्न, गुरुयोजना बनाउन र सोही अनुसार कार्यान्वयन विधि तयार पार्न पुरातत्त्व विभागलाई निर्देशन दिए। 

Ncell 2
Ncell 2

ऐतिहासिक र पुरातात्त्विक महत्वलाई विशेष ध्यान दिएर नदी तथा पहिरो व्यवस्थापन र निर्माणका अरू कार्यलाई अघि बढाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीले दीर्घकालीन व्यवस्थित योजनाका साथ रानीमहल र त्यस वरपरका क्षेत्रलाई संरक्षण गर्नुपर्ने बताए।   

प्रतिनिधिसभाका सांसद ठाकुर गैरेले कालीगण्डकी नदीले रानीमहलको जग कटान गर्नबाट जोगाउन विशेष ध्यान दिनुपर्ने बताए। सांसद नारायण आचार्यले रानीमहललाई व्यवस्थित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्न जरुरी रहेको बताए। 

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले रानीमहलको संरक्षणका लागि सबै क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने बताए। पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले पुरातत्त्व विभागले रानीमहलको पुरातात्त्विक र ऐतिहासिक महत्वलाई जोगाएर पुनर्निर्माण गर्न सक्ने बताए। 

राणाकालीन समयमा खड्ग शमशेरले रानी तेजकुमारी देवीको स्मृतिमा रानीमहल निर्माण गरेका थिए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट