२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

टिकटक भिडिओ बनाउन खोलामा हाम फालेका भारतीय युवक मृत फेला

काठमाडौँ । कपिलवस्तुमा टिकटक भिडिओ बनाउन खोलामा हाम फालेपछि बेपत्ता भएका भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, पकडी कपिलवस्तुका अनुसार सुन्दर गाउँपालिका-६, गौरास्थित खोलामा हाम फालेका २१ वर्षीय इशक मुसलमानको शव बुधबार फेला परेको हो ।

प्रहरी निरीक्षक सुवास खतिवडाका अनुसार मुसलमान नेपालमा आफ्नो मामाघर आएका थिए । सोमबार गर्मी छल्न भन्दै उनी नाता पर्ने दुई भाइसँग खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनले टिकटकका लागि भिडिओ बनाउने भन्दै खोलामा डाइभ हान्ने योजना बनाएका थिए ।

“म डाइभ हान्छु, भिडिओ खिचेर टिकटकमा हाल्ने भन्दै उनले भाइलाई मोबाइल खिच्न दिएका रहेछन्,” प्रहरी निरीक्षक खतिवडाले भने, “डाइभ हानेपछि पानीको बहाव एक्कासि बढेकाले उनले आफूलाई सम्हाल्न सकेनन् र डुबेर बेपत्ता भए ।”

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी कार्य जारी राखेको थियो । बेपत्ता भएको दुई दिनपछि बुधबार बिहान ७ बजे उनले डाइभ हानेको ठाउँबाट करिब ३०० मिटर तल स्थानीयले खोला छेउको जालीमा अड्किएको अवस्थामा शव फेला परेको थियो ।

स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकका मामाले शवको सनाखत गरेपछि पोस्टमार्टमका लागि पठाइएको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव मृतकका बुबा इस्तिकाल मुसलमानलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १०:५२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट