२०८२ असार १२ बिहीबार
२०८२ असार १२ बिहीबार

टायर र सडकको घर्षणबाट अब बिजुली आउने, यस्तो छ चीनको नयाँ आविष्कार

काठमाडौँ । चिनियाँ वैज्ञानिकहरूको एउटा टोलीले गाडीका टायर र सडकबिचको घर्षणलाई स्वच्छ बिजुलीमा परिणत गर्न सक्ने एउटा अत्याधुनिक यन्त्र विकास गरेको छ ।‘रोडबेड ट्राइबोलोजिकल एनर्जी हार्भेस्टर’ (आरटीई हार्भेस्टर) नाम दिइएको यो यन्त्रले सडक र टायरको सम्पर्कबाट उत्पन्न हुने घर्षणलाई उपयोग गरी ऊर्जा उत्पादन गर्ने चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

अनुसन्धान अनुसार अनुमानित ८५ प्रतिशत गाडीको ऊर्जा ताप र घर्षणमै खेर जान्छ । जसमा टायर र सडकको घर्षणबाट मात्र विश्वभर वार्षिक करिब ०.३ टेरावाट ऊर्जा उत्पादन गर्ने क्षमता रहेको छ ।

चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ नानोइनर्जी एन्ड नानोसिस्टम्स (बीआईएनएन) का अनुसन्धानकर्ताहरूले सडकको तल्लो भागमा जडान गर्न सकिने गरी यो ऊर्जा सङ्कलन यन्त्र बनाएका हुन् । यसले एउटै टायरको प्रभावबाट १६.४ मिलिवाटसम्म बिजुली उत्पादन गर्ने र ११.७ प्रतिशतको प्रभावशाली ऊर्जा रूपान्तरण दक्षता हासिल गर्ने दाबी गरिएको छ ।

साइन्स एडभान्सेस जर्नलमा हालै प्रकाशित शोधपत्रअनुसार, यो यन्त्र फ्रिस्ट्यान्डिङ लेयर ट्राइबोइलेक्ट्रिक नानोजेनरेटरको एरेबाट बनेको छ । यसले माइनस ४० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रम र विभिन्न आर्द्रता स्तरमा पनि स्थिर रूपमा काम गर्ने भएकाले विश्वका विभिन्न मौसममा उपयुक्त हुने बताइएको छ ।

यो प्रणालीमा लागत पनि निकै कम रहेको छ । प्रति वर्ग मिटर मात्र ७१.३ अमेरिकी डलरमा तयार गर्न सकिने भएकाले यो व्यापक रूपमा प्रयोग गर्न सकिने सम्भावना देखिएको अध्ययनको निष्कर्ष छ ।

५० मिटर लामो सडकमा यो यन्त्र जडान गर्दा ट्राफिक बत्ती, सीसीटिभी क्यामेरा जस्ता उपकरणलाई १ किलोमिटर क्षेत्रभित्र ऊर्जा आपूर्ति गर्न सकिने बताइएको छ । अनुसन्धान टोलीका अनुसार, यो प्रविधिले स्मार्ट सडक र स्मार्ट यातायात प्रणाली निर्माणमा ठुलो सहयोग पुर्याउनेछ । साथै, यसले सवारी र सडक, संरचना तथा अन्य प्रणालीहरूबिच ऊर्जा साझेदारीको नयाँ ढोका खोल्ने विश्लेषण गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १०:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट