२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

सामाजिक सञ्जालमा गाली गर्नेलाई सार्वजनिक गर्दै सेलेब्रेटीहरू

काठमाडौँ । सामाजिक सञ्जालमा केही प्रयोगकर्ताहरूले सेलेब्रेटी (कलाकार लगायत ख्याति प्राप्त व्यक्तिहरू) का अधिकांश पोस्टमा अभद्र शब्द प्रयोग गरेर गाली गरिरहेका देख्न सकिन्छ । यस्ता शब्दहरू आत्मसम्मानमा ठेस पुर्‍याउने र असह्य खालको समेत हुने गरेका छन् । आफ्नो विरुद्धमा आएका अभद्र शब्दको कतिपयले सामाजिक सञ्जालको प्रयोग गरेर वा सार्वजनिक रुपमा प्रतिकार गर्छन् । कतिपय भने चुपचाप सहन्छन् । 

पछिल्लो समय भने सेलेब्रेटीहरूले आफूविरुद्द प्रयोग भएका अभद्र शब्दहरूको प्रतिकार गर्दै सामाजिक सञ्जालमा त्यस्ता व्यक्तिलाई सार्वजनिक गर्ने ट्रेन्ड देखिन थालेको छ । 

त्यसको पछिल्लो उदाहरण हुन्, गायिका एलिना चौहान । बुधबार दिउँसो ४:३८ मा उनले आर्यन सिंह अयादी नामको फेसबुक प्रयोगकर्ताको प्रोफलाइल लिङ्क सेयर गरिन् । साथमा उनले ती व्यक्तिले आफ्नो बारेमा गरेको कमेन्ट र फोटो पनि सार्वजनिक समेत गरेकी छिन् । 

एक महिना पहिले गायिका चौहानको सार्वजनिक गित “बालै फरर” बोलको गीतमा उनले गायिका समिक्षा अधिकारीसँग टिकटक भिडियो बनाएर बुधबार बिहान फेसबुकमा अप्लोड गरेको थिइन् । उक्त भिडिओमा कमेन्ट गर्दै आर्यन सिंह अयादी नामका प्रयोगकर्ताले अपशब्द प्रयोग गरेका थिए । 

ती प्रयोगकर्तालाई सार्वजनिक गरेको केही मिनेटमा नै चौहानले नकारात्मक कमेन्टले पारेको हैरानी पोख्दै अर्को पोस्ट सार्वजनिक गरिन् । जहाँ उनले लेखेकी छिन्, “कमेन्टको अत्याचार धेरै भयो अब पालै पालो पोस्ट गर्छु ।”

यस्तै उनले साँझ ५:०२ मा “डेभिट क्षेत्री” नामको फेसबुक प्रयोगकर्ताको आईडी र फोटोसहित उनले आफ्नो पोस्टमा गरेको कमेन्ट सेयर गरेकी छिन् । उक्त कमेन्टमा क्षेत्रीले भनेका छन्, “मैले पनि एउटा सेकेन्ड गाडी लिएको थिएँ, सेकेन्डियन माल राम्रो हुँदैन रहेछ ।”

यस्तै चौहानले सामाजिक सञ्जालमा आएका नकारात्मक कमेन्टहरूलाई सहेर अब चुपचाप नबस्ने बताएकी छिन् । सामाजिक सञ्जालमा माफी माग्दै प्रयोगकर्ताले म्यासेन्जरमा भ्वाइस रेकर्ड गरेर माफी मागेको भिडिओ पनि सार्वजनिक गरेकी छिन् । यद्यपि माफी माग्ने ती प्रयोगकर्ता को हुन् भनेर खुलाएकी छैनन् । 

एलिना चौहान सामाजिक सञ्जालमा आफ्नो विरुद्धमा आएका नकारात्मक कमेन्ट गर्ने पहिलो सेलेब्रेटी भने होइनन् । केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमै गायिका समीक्षा अधिकारीले पनि आफू विरुद्धमा कमेन्ट गर्ने व्यक्तिको फेसबुक आईडी र कमेन्ट सार्वजनिक गरेकी थिइन् । 

पछि ती प्रयोगकर्ताले माफी मागेपछि समीक्षाले माफी मागेको म्यासेजको स्क्रिनशट सार्वजनिक गर्दै माफ दिएको बताएकी थिइन् । हाल उक्त गाली गरेको पोस्ट उनले आफ्नो प्रोफाइलबाट हटाएकी छिन् । 

यस्तै वैशाखमा अभिनेत्री सुरक्षा पन्तले एक अन्तर्वार्तामा पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहबारे दिएको अभिव्यक्तिकाका कारण चर्चामा थिइन् । त्यसबेलामा पन्त अभिनित चलचित्र ‘खेल’ माथि सामाजिक सञ्जाल प्रयोगकर्ताले बहिष्कार अभियान नै चलाएका छन् । त्यसैबीच अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा अभिनेत्री पन्तलाई समर्थन गरेकी थिइन् । 

अभिनेत्री शर्माले पोस्ट गरेपछि बाबुराम धिताल नामका फेसबुक प्रयोगकर्ताले मेसेजमा अत्यन्तै आपत्तिजनक र तुच्छ शब्दहरू प्रयोग गर्दै गालीगलौज गरेका थिए । जवाफमा शर्माले अभद्र गालीसहितको उक्त स्क्रिनशट आफ्नो फेसबुक पेजमा सार्वजनिक गरिन् । 

त्यसभन्दा पहिला टिकटकर प्रिज्मा खतिवडाले पनि आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको कमेन्ट स्क्रिनशट आफ्ना आफन्तलाई पठाएको भिडिओ सार्वजनिक गरेकी थिइन् ।

पछिल्लो अध्यावधिक: असार ११, २०८२ २०:४८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट