२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

नर्सिङ प्रशिक्षक नियुक्ति नियमसङ्गत, प्रतिस्पर्धात्मक र पारदर्शी : प्रसूति गृह

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले नर्सिङ नियुक्ति प्रक्रिया पूर्णरूपमा नियमसङ्गत भएको जानकारी दिएको छ। 

नर्सिङ प्रशिक्षक नियुक्तिका विषयमा प्रश्न उठेपछि अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै नर्सिङ प्रशिक्षकको नियुक्ति नियमसंगत रुपमा प्रतिस्पर्धात्मक र पारदर्शी रुपमा भएको जानकारि दिएको हो।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले विज्ञप्तिमार्फत नर्सिङ प्रशिक्षक नियुक्तिका विषयमा उठेका प्रश्नहरूलाई खण्डन गरेका छन्। उनले बाहिर आइरहेका विषय सत्य तथ्यमा आधारित नभएको उल्लेख गर्दै प्रतिस्पर्धात्मक रुपमा प्रक्रिया अनुसार नै नियुक्ति दिइएको बताएका छन्।

विज्ञप्तिअनुसार, २०८१ पुस २२ मा परोपकार नर्सिङ क्याम्पसले ४ जना प्रशिक्षकको माग गरेको थियो। क्याम्पस व्यवस्थापन समितिद्वारा गठित छनोट समितिले २०८१ फागुन १२ र १३ मा आवेदकहरूको अन्तर्वार्ता र माइक्रो टिचिङ लिएर सिफारिस गरेको आधारमा साइक्याट्रिक हेल्थ नर्सिङ र कम्युनिटी नर्सिङ विषयका प्रशिक्षक नियुक्त गरिएको थियो। त्यसपछि २०८२ वैशाख २१ मा पेडियाट्रिक विषयका लागि माग भएपछि प्रतिक्षा सूचीको तेस्रो वरियतामा रहेकी विष्णु भुजेललाई २०८२ जेठ १ देखि करारमा नियुक्त गरिएको डा अधिकारीले बताए।

‘हामीले वरियता क्रमका आधारमा प्रशिक्षक नियुक्त गरेका हौं। अब प्रतिक्षा सूचीमा एक जना बाँकी हुनुहुन्छ। उहाँलाई पनि आवश्यक परेमा ६ महिनाभित्र सोही सूचीबाट नियुक्ति गरिने जानकारी दिएका छौं,’ डा अधिकारीले भने। 

उनले सञ्चार माध्यममा एकपक्षीय रुपमा प्रक्रिया सुमेत नबुझी आएका समाचारले अस्पतालको छवि धमिल्याउन खोजिएको समेत बताए। ‘नियुक्ति दिने आधिकारिक निकाय र नियुक्ति पाएका कर्मचारीलाई नसोधी र प्रक्रिया समेत नुबझी एक पक्षीय रुपमा भ्रामक समाचार आएपछि हामीले सार्वजनिक सूचना निकालेर यथार्थ बाहिर ल्याएका हौं,’ उनले भने।

स्वास्थ्यखबरसँग कुराकानी गर्दै निर्देशक अधिकारीले क्याम्पसमा नियुक्त भएका सबै प्रशिक्षकहरु एउटै प्रक्रियाबाट आएको जानकारी दिए। ‘सबैजना एउटै प्रक्रिया र प्रतिस्पर्धाबाट नै नियुक्त हुनु भएको हो,’ उनले भने, ‘बाहिर आएको विषय भ्रामक र तथ्यहिन छन्।अन्तर्वार्ता र माइक्रो टिचिङ लिएर नै उहाँहरु सबै नियुक्त हुनुभएको हो।’

डा अधिकारीले भुजेललाई अन्य प्रशिक्षकहरुजस्तै प्रक्रिया पूरा गरी नियुक्त भएकाले भ्रामक र तथ्यहिन समाचारमा ध्यान नदिइ उच्च मनोबलका साथ काम गर्न पत्र समेत दिइएको जानकारी दिए।

स्वास्थ्यखबरले भुजेलसँग पनि कुराकानी गरेको छ। कुराकानीका क्रममा उनले आफूमाथि गलत आरोप लगाइएको बताइन्। उनले विगतमा पनि आफूले प्रक्रिया पूरा गरेर प्रतिस्पर्धामा नाम निकालेर नै जागिर खाइरहेको जानकारी दिइन्।

‘यसअघि म मानसिक अस्पतालमा काम गर्थें। त्यहाँ पनि मैले नाम निकालेर नै काम गरेको हुँ। यहाँ पनि आवेदन दिएर अन्तर्वार्ता र माइक्रो टिचिङ गरेर तेस्रो नम्बरमा नाम निकालेर काम पाएको हुँ,’ उनले भनिन्, ‘तर झुटा र तथ्यहिन विषय बाहिर आउँदा भने दुख लागेको छ।’

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट