२०८२ असार ११ बुधबार
LATEST NEWS
२०८२ असार ११ बुधबार

विदेशीको अपुताली धन पाउने लोभमा एक नेपालीले अनलाइनबाट यसरी गुमाए ६२ लाख रुपैयाँ

काठमाडौँ । फेसबुक मेसेन्जरमा आफूलाई थाइल्यान्डको बैंकको म्यानेजर बताउँदै लाखौँ ठगी गरेर फरार भएका एक व्यक्ति पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सुनसरी देवानगञ्ज गाउँपालिका वडा नं का २० वर्षीय कुशेश्वर मेहता छन् ।

उनलाई साइबर ब्युरोको अनुरोधमा जिल्ला प्रहरी कार्यालय सुनसरीले मंगलबार पक्राउ गरेको हो । उनलाई कोशी गाउँपालिका वडा नं ८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्र आसपासमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक एवं जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार मेहताले ‘Vanida Suwan’ नामको फेसबुक आईडी बनाएका थिए । उनले आफ्नो नाम ‘Phueng Vanida’ रहेको र आफू थाइल्याण्डको एसआईएम कमर्सियल बैंकको म्यानेजर रहेको भन्दै रमेश शाही (नाम परिवर्तन) लाई मेसेज गरेका थिए ।

मेहताले बैंकमा ‘एलेन रवि शाही’ नामको खाता रहेको, तर ती व्यक्ति जीवित नरहेको भन्दै अपुतालीको सम्पत्ति खाने आफन्त कोही नभएको कुरा रमेशलाई सुनाएका थिए । एलेन रवि र रमेश दुवैको थर एउटै भएकाले बैंक खातामा भएको रकम सबै रमेशलाई ट्रान्सफर गरिदिने विश्वास पनि दिलाए ।

त्यसपछि पटक पटक गरेर उनले शाहीबाट फरक फरक बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ हाल्न लगाएका थिए । आफू ठगिएको थाहा पाएपछि शाहीले प्रहरीको साइबर ब्युरोमा जाहेरी दिए । सोही जाहेरीको आधारमा सुनसरीबाट उनी पक्राउ परेका हुन् । 

पछिल्लो अध्यावधिक: असार ११, २०८२ १४:४९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट