२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी

काठमाडौँ । गुडिरहेको अवस्थामा इलेक्ट्रिक स्कुटरमा आगो लागेको छ । रत्नपार्कमा बुधबार बिहान करिब ९:४० बजेतिर बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा आगो लागेको हो ।

आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको प्रहरी वृत्त, सिंहदरबारले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटरमा सवार ३३ वर्षीया चालक सकुशल रहेकी छन् । 

स्कुटरको ब्याट्रीमा सर्ट सर्किट भएको कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार ११, २०८२ १२:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?