अछाम – जिल्लाको बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ जना महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भएको छ । ७ गतेदेखि सुरु भएको शिविरमा अछाम, बाजुरा र डोटीका समेत महिला गरी ४८ जनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले बताए ।

अस्पताल निर्देशक डा. पाठकका अनुसार कोहलपुर मेडिकल कलेजबाट शिविरको डा. बिनोद महासेठको नेतृत्वमा एनेश्थेसियोलोजिष्ट डा. शैलेन्द्र शाक्य आएका थिए । उनीहरुको नेतृत्वमा बयालपाटा अस्पतालको ओटी टिम समेल संंलग्न भई उक्त शल्यक्रिया शिबिर सम्पन्न गरेको हो ।
पहिलो दिन सम्पन्न शल्यक्रिया भएका महिलाहरु घर फर्किसकेका छन् भने बाँकी पनि एक दुई दिनमै डिसचार्ज हुने अस्पतालले जनाएको छ । शल्यक्रिया सम्पन्न पश्चात बोल्दै डा. महासेठले आफू शिविरको क्रममा देशका बिभिन्न ठाँउमा गएपनि बयालपाटामा आएर सेवा दिदाँ छुट्टै आनन्द महशुस भएको बताए । यहाँका कर्मचारीको साथ सर्पोट र टिमवर्कको भावना अन्त्य कतै नभएको उनले बताए ।
यस्तै एनेश्थेसियोलोजिष्ट डाक्टर शैलेन्द्र शाक्यले पनि आफू पहिलो पटक सुदूरपश्चिम आएको बताउदैँ सोचे जस्तो नभई एकदम राम्रो ठाँउ भएको र यहाँ आएर काम गर्न पाउँदा खुशी महशुस भएको उल्लेख गरे । जिल्ला बाहिर उपचार गराउन जाँदा धेरै पैसा र समय खर्च हुने भन्दै शल्यक्रिया भएका महिलाहरुले निशुल्क रुपमा आफ्नो उपचार पाएपछि उनिहरु खुशी भएका छन् । स्वास्थ्य कार्यालय अछाम र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको आर्थिक सहयोग र बयालपाटा अस्पतालको आयोजनामा निशुल्क शल्यक्रिया शिविर भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ