२०८२ भाद्र ७ शनिबार
LATEST NEWS
२०८२ भाद्र ७ शनिबार

बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ महिलाको सफल शल्यक्रिया

अछाम- जिल्लाको बयालपाटा अस्पतालमा पाठेघर खसेका ४८ जना महिलाहरुको सफल शल्यक्रिया सम्पन्न भएको छ। ७ गतेदेखि सुरु भएको शिविरमा अछाम, बाजुरा र डोटीका समेत महिला गरी ४८ जनाको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक डाक्टर मन्दिप पाठकले बताए।

अस्पताल निर्देशक डा. पाठकका अनुसार कोहलपुर मेडिकल कलेजबाट शिविरको डा. बिनोद महासेठको नेतृत्वमा एनेश्थेसियोलोजिष्ट डा. शैलेन्द्र शाक्य आएका थिए। उनीहरुको नेतृत्वमा बयालपाटा अस्पतालको ओटी टिम समेल संंलग्न भई उक्त शल्यक्रिया शिबिर सम्पन्न गरेको हो।

पहिलो दिन सम्पन्न शल्यक्रिया भएका महिलाहरु घर फर्किसकेका छन् भने बाँकी पनि एक दुई दिनमै डिसचार्ज हुने अस्पतालले जनाएको छ। शल्यक्रिया सम्पन्न पश्चात बोल्दै डा. महासेठले आफू शिविरको क्रममा देशका बिभिन्न ठाँउमा गएपनि बयालपाटामा आएर सेवा दिदाँ छुट्टै आनन्द महशुस भएको बताए । यहाँका कर्मचारीको साथ सर्पोट र टिमवर्कको भावना अन्त्य कतै नभएको उनले बताए।

यस्तै एनेश्थेसियोलोजिष्ट डाक्टर शैलेन्द्र शाक्यले पनि आफू पहिलो पटक सुदूरपश्चिम आएको बताउदैँ सोचे जस्तो नभई एकदम राम्रो ठाँउ भएको र यहाँ आएर काम गर्न पाउँदा खुशी महशुस भएको उल्लेख गरे। जिल्ला बाहिर उपचार गराउन जाँदा धेरै पैसा र समय खर्च हुने भन्दै शल्यक्रिया भएका महिलाहरुले निशुल्क रुपमा आफ्नो उपचार पाएपछि उनिहरु खुशी भएका छन्।

स्वास्थ्य कार्यालय अछाम र सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको आर्थिक सहयोग र बयालपाटा अस्पतालको आयोजनामा निशुल्क शल्यक्रिया शिविर भएको थियो। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट