२०८२ असार ११ बुधबार
२०८२ असार ११ बुधबार

होटेल, होमस्टे, अपार्टमेन्ट, रिसोर्ट र भिल्लाको बुकिङ पनि अब हाम्रो पात्रोबाटै

काठमाडौँ । अब हाम्रो पात्रो एपबाटै होटेल तथा होमस्टेको बुकिङ समेत गर्न सकिने भएको छ । नेपालको पर्यटन क्षेत्रलाई डिजिटल बनाउने उद्देश्यका साथ भ्याकेसन रेन्टल प्लेटफर्म बसियोको सेवा हाम्रो पात्रोमा जोडिएको हो ।

यससँगै प्रयोगकर्ताहरूले हाम्रो पात्रो एपमार्फत सोझे होटेल, होमस्टे, रिसोर्ट, भिल्ला, अपार्टमेन्ट लगायत बुकिङ गर्न सक्नेछन् । बसियोमा हाल देशका ३७ जिल्लाका ७५० भन्दा बढी स्टेहरू सूचीबद्ध भइसकेका छन् । जुन अब हाम्रो पात्रो प्रयोगकर्ताको प्रत्यक्ष पहुँचमा आएका हुन् ।

“हाम्रो पात्रोसँग सहकार्य गर्न पाउँदा अत्यन्त उत्साहित छौँ,” बसियोका प्रबन्ध निर्देशक दीपक पौडेलले भने, “यसबाट हाम्रो सेवा लाखौँ प्रयोगकर्तासम्म पुर्‍याउन मद्‍दत पुगेको छ । अब एकै एपमा होटेल हेर्ने, छनोट गर्ने, बुक गर्ने र डिजिटल माध्यमबाट भुक्तानी गर्ने सम्पूर्ण प्रक्रिया सहज र सरल भएको छ ।”

बसियोले स्थानीय समुदाय, महिलाद्वारा सञ्चालित होमस्टे, सस्ता होटेलदेखि पाँचतारे होटेलसम्मलाई आफ्नो प्लेटफर्ममा समेटेको छ । यसले नेपाली आतिथ्य, संस्कृति र स्थानीय व्यवसायहरूलाई प्रवर्धन गर्ने काम गरिरहेको छ ।

यसका साथै बसियोले आफ्नो मनसुन क्याम्पेन अन्तर्गत बुकिङमा १०% छुट तथा अन्य आकर्षक अफर समेत उपलब्ध गराइरहेको छ । प्रयोगकर्ताहरूले यो सुविधा पाउनका लागि बुकिङ गर्ने क्रममा प्रोमो कोड MONSOONWITHBASIYO प्रयोग गर्नुपर्ने हुन्छ । अफर सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । बुकिङका लागि प्रयोगकर्ताहरूले कनेक्ट आईपीएस, खल्ती, आइएमई पे, मोरु  वा हाम्रो पे जस्ता डिजिटल वालेटहरू प्रयोग गर्न सक्नेछन् ।

हाम्रो पात्रोको एपभित्रै होटेल बुकिङ (Hotel Booking) को विकल्प थपिएको छ, जहाँबाट बसियोका सम्पूर्ण सेवा प्रयोग गर्न सकिन्छ । साथै बसियोको आफ्नै एप समेत गुगल प्ले स्टोर र एप्पलको आईओएस एप स्टोरमा पनि उपलब्ध छ । यस बाहेक कम्पनीको वेबसाइटमा गएर पनि सजिलै होटेल बुक गर्न सकिन्छ । साथै, अब Hamro Patro एपभित्रै ‘Hotel Booking’ अप्सनमा गएर बसियोका सम्पूर्ण सेवा प्रयोग गर्न सकिन्छ ।

 

पछिल्लो अध्यावधिक: असार १०, २०८२ १२:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट