तेहरान– इरानका राष्ट्रपति मसुद पजशकियानले अमेरिकी सैन्य अड्डामा भएको आक्रमणको एकदिनपछि कतारका अमीर शेख तमीम बिन हमद अल थानीसँग टेलिफोनमा कुराकानी गरेका छन् । उनले कतारमा रहेको अमेरिकी सैन्य अखडामा गरिएको आक्रमणका लागि माफी मागेका छन् ।

पजशकियानले कतार र त्यहाँका नागरिक आक्रमणको लक्ष्य नभएको बताएका छन् । कतारका तमीमले पनि आक्रमणको आलोचनालाई दोहोर्याएका छन् । आफ्नो संप्रभुत्ता र एयरस्पेसका साथै अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र चार्टरको घोर उल्लंघन भएको बताएका छन् ।
यता इजरायलले मंगलबार बिहान गरेको आक्रमणमा इरानका हाइ प्रोफाइल इरानी परमाणु वैज्ञानिक मोहम्मद रजा सेदिघि मारिएका छन् । १२ दिनदेखि इजरायली आक्रमणमा परी मारिएका सिनियर परमाणु विशेषज्ञको लिष्टमा उनको नाम पनि छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ